अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२७ | Colorodo: 17:42

कोेरोना समुदाय स्तरमा नफैलिएको सरकारको दाबी

बिआरटीनेपाल २०७७ असार २० गते ७:१७ मा प्रकाशित

सरकारले कोेरोना भाइरस (कोभिड १९) समुदायस्तरमा नफैलिएको दाबी गरेको छ । काठमाडौ, ललितपुर र भक्तपुरलगायतका जिल्लामा कोरोना समुदायस्तरमा फैलिएको भन्ने खबरको खण्डन गर्र्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायस्तरमा नभइ स्थानीयस्तरमा छिटफुट रुपमा कोरोना देखिएको जनाएको हो ।

मन्त्रालय मातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले काठमाडौँका बिभिन्न स्थानबाट नमूना संकलन गरी जाँच गर्ने अभियान आजबाट चलाइएको बताउनुभयो । नेपालमा कोरोना संक्रमति १५ हजारभन्दा धेरै पुगेका छन् भने धेरै जसो आयातित व्यक्तिमा सङ्क्रमण देखिएको छ ।

सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले समुदायस्तरमा कोरोनाको सङ्क्रमण फैलाउनका लागि नागरिकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । ९६ प्रतिशत बाहिरबाट आएका व्यक्तिमा कोरोना देखिएको छ भने उनीहरु अधिकांश १५ देखि ४० वर्ष उमेरका छन् । कोरोनाका कारण ३४ जनाको मृत्यु भए पनि अर्को कुनै रोगसँग नजोडिएका जम्मा ५ जना मात्र रहेको पाइएको छ ।

प्रतिक्रिया