अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०५ | Colorodo: 17:20

कोभिड–१९ का कारण विश्वभर १ करोड १० लाख २३ हजार बढी संक्रमित, ५ लाख २४ हजार ८ सय ७९ को मृत्यु,

बिआरटीनेपाल २०७७ असार १९ गते ७:३७ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड १० लाख २३ हजार ४ सय २१ जना संक्रमित भएका छन् । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ५ लाख २४ हजार ८ सय ७९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ६१ लाख ७८ हजार ५ सय १६ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ३१ हजार ५ सय ३, इटालीमा ३४ हजार ८ सय १८, स्पेनमा २८ हजार ३ सय ६८ , फ्रान्समा २९ हजार ८ सय ७५, बेलायतमा ४३ हजार ९ सय ९५ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ११ हजार २ सय ६०, जर्मनीमा ९ हजार ६४ , बेल्जियममा ९ हजार ७ सय ६५, ब्राजिलमा ६२ हजार ५४ , रसियामा ९ हजार ८ सय ५९ र क्यानडामा ८ हजार ६ सय ४२ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण भारतमा १८ हजार २ सय ४१ , पाकिस्तानमा ४ हजार ५ सय ५१, बंगलादेशमा १ हजार ९ सय ६८ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ८ सय १९ , श्रीलंकामा ११ र माल्दिभ्स्मा १० जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ७७ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू