अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५९ | Colorodo: 07:14

नातावाद- कृपावाद

डा. दुर्गा दाहाल, “अनुभव” २०७७ असार १७ गते २२:२९ मा प्रकाशित

यो ‘Nepotism’ भन्ने शब्द नयाँ हैन तर सुशान्त सिंह राजपूतको मृत्यु पश्चात् यो शब्दले बलिउडमा विशेष तरङ्ग ल्याएको छ । उनले खुदकसी गरेका हुन वा उनलाई मारिएको हो अथवा मानसिक यातना दिएर मर्नलाई बाघ्य तुल्याईको हो भन्ने कुराको पर्दाफ़ाश अद्यपरिमित भएको छैन । यो अहिले अनुसन्धानको विषय बनेको छ । भोलिका दिनहरूमा उजागर हुँदै जाला ।

केवल ३४ वर्षीय जवान उनी पटनाबाट ठुलो सङ्घर्ष गरेर बलिउडको ठुलो पर्दामा प्रवेश गरेका थिए । अभिनयमा पारंगत उनी सफलताको शिखर चढ्दै थिए तर अचानक उनको मृत्यु भएको खबरले सबै निस्तब्ध भए ।

Nepotism अत्यन्त ठुलो भ्रष्टाचार हो । यो कहीँ, कतै हुनु हुँदैन तर पनि हुने गर्छ । कति सम्म गर्नु पर्ने हो को पनि सीमा हुनु पर्ने हो तर यसको सीमा नभए पछि र जथाभाबी गरे पछि भुईँका मानिसहरू सबैभन्दा बढिज अन्यायमा पर्छन ।

योग्यता र क्षमता भएका व्यक्ति हरूलाई निर्वाधरूपमा फस्टाउन दिनु पर्ने हो । खोजी- खोजी ल्याउनु पर्ने हो तर त्यसो नहुँदो रहेछ । सबैतिर Nepotism ले घर बनाउँदो रहेछ ।
राजनीतिमा त हुन्छ नै, अन्य क्षेत्रमा पनि हुँदो रहेछ ।

कुनै राजनेताले अथवा व्यापारिक घरानाले त्यस्तो चाहना राख्नु त्यति अस्वाभाविक हैन; विरासत ( legacy ) जोगाउन र जनप्रिय छ भने उसमा भएको अन्तर्निहित क्षमता अथवा योग्यताको सदुपयोग गर्न सकिन्छ तर जनतामा भिज्न सक्नु पर्छ ।

राजकुमार दीपेन्द्र र पारस अलोकप्रिय थिए ।त्यसैले जनसमर्थन थिएन । उनीहरूको कुकृत्यले गर्दा राजकुमारले पाउने साथ, सहयोग र समर्थन पाएनन् । अन्ततोगत्वा दरबारिया शासनको पनि अन्त्य भयो ।

समाजका हरेक समाजमा उपयुक्त पात्रहरूको खोजी गरिनु पर्छ । योगदान गर्न सक्ने व्यक्तिहरूलाई प्राथमिकतामा राखेर अघि बढ्नु पर्छ । हरेक सङ्घ- सङ्गठन र संस्थाहरूमा प्राथमिकता र सिद्धान्तको नीति अपनाउनु पर्छ ।

Nepotism ले सङ्कीर्णता र गुटबन्दी बढाउँछ । दुस्मनी र वैमनस्यता बढाउँछ । आत्मीयताको आभास हुन्न परस्परमा ।

नेपालको परिप्रेक्ष्यमा nepotism झन् डरलाग्दो छ विशेष गरी राजनीतिमा । प्रचण्ड, के. पी ओली, शेर ब. लगायत सबै शीर्षस्थ नेताहरू nepotism को खेती गर्छन् । नातावाद र कृपावाद खुबै मौलाएको र फस्टाएको छ नेपालमा । कि नातामा पर्नु पर्‍यो अथवा चाकडी, चुग्ली अथवा चाप्लुसी गर्नु पर्‍यो ।अन्धभक्त भएर पार्टीको झोला बोके पनि हुन्छ । तर, नेपालको वर्तमान राजनीतिमा योग्यता, क्षमता, अनुभव र योग्यताको कदर पटक्कै हुँदैन । यो सबै पार्टीमा लागु हुन्छ ।

राजनैतिक नियुक्तिमा पनि योग्यता, क्षमता, अनुभव र अन्य गुणहरू चाहिन्न । केवल कुनै न कुनै पार्टीको अत्यन्त नजिक हुनु पर्छ, नेताको आफन्त हुनु पर्छ अथवा मोटो रकम नजरानाको रूपमा बुझाउन सक्नु पर्छ ।

अदक्षहरूलाई राजनैतिक भागबन्डाको नाममा अध्यक्ष बनाउँदा सबै कल- कारखाना र उद्योगहरू धराशायी भए ।
नेपालको वर्तमान परिदृश्यलाई हेर्दा आगतका दिनहरू अझै भयावह छन् । अझै केही वर्ष नेपाली जनताले दुःख पाउने छन् । अहिलेको नेतृत्वहीन अवस्थाबाट मुक्ति पाउन पुस्तान्तरण हुनु आवश्यक छ ।

तेजस्वी, ऊर्जाशील र प्रतिभा सम्पन्न व्यक्तिले एउटा समाज, समुदाय , संस्था र राष्ट्रको गरिमा बढाउँछ । त्यस्ता व्यक्तिहरूको उत्साह, ऊर्जा र लगनशीलतालाई उत्प्रेरित गर्नु पर्छ। सल्लाह- सुझाव दिनु पर्छ । तानेर भए पनि मञ्चबाट मुक्तकण्ठले प्रशंसा गरेर मञ्चमै ल्याउनु पर्छ ।

“Nepotism is a curse. “ to an individual and a nation”


(क्यालिफोर्निया निवासी प्रा. डा. दुर्गा दाहाल एक राजनैतिक विश्लेषक र उदारवादी चिन्तक हुन)