अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०० | Colorodo: 07:15

इरानमा क्लिनिकमा बम बिस्फोट, कम्तीमा १९ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ असार १७ गते ७:०५ मा प्रकाशित

इरानको राजधानी तेहरानमा भएको शक्तिशाली बम बिस्फोट हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ । तेहरानको एक क्लिनिकमा भएको घटनामा केही घाइते भएका छन् ।

ग्यास लिक भएर भएको बिस्फोटको समयमा अधिकांश बिरामीहरु शल्यक्रिया गरिरहेको बुझिएको छ । बिस्फोटका क्रममा बिरामी र कुरुवाबीच भागदौड मच्चिएको थियो । दुइतले सो क्लिनिकमा दोश्रो तल्लामा बिस्फोट भएको हो ।

घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । मारिनेमा अधिकांश महिला रहेका छन् । बिस्फोटका कारण क्लिनिक ध्वस्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू