अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४४ | Colorodo: 14:59

कोरोनाका कारण विश्वभर ५ लाख १४ हजार ६ सय भन्दा बढिको मृत्यु

बिआरटीनेपाल २०७७ असार १७ गते ६:४३ मा प्रकाशित

विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या १ करोड ६ लाख १३ हजार ३७ पुगेको छ । हाल सम्म कोरोना भाइरस सङ्क्रमित भएका मध्ये ५८ लाख २१ हजार २ सय १२ जना भने उपचार पछि स्वस्थ भैसकेका छन् ।

कोरोना संक्रमित ५७ हजार ९ सय १७ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ । हाल सम्म ५ लाख १४ हजार ६ सय १५ जनाको भने कोरोनाकै कारण मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा धेरै १ लाख ३० हजार १ सय २३ जनाको मृत्यु भएको छ ।

त्यसपछि ब्राजिलमा ५९ हजार ६ सय ५६, बेलायतमा ४३ हजार ७ सय ३०, इटालीमा ३४ हजार ७ सय ६७ जनाको मृत्यु भएको छ । भारतमा १७ हजार ४ सय १७ जनाको मृत्यु भएको छ भने रसियामा ९ हजार ५ सय ३६ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू