अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२४ | Colorodo: 05:39

अमेरिकामा एकै दिन ४० हजार जनामा कोरोना संक्रमण

बिआरटीनेपाल २०७७ असार १३ गते ७:१२ मा प्रकाशित

अमेरिकामा एकै दिन ४० हजार जना कोरोना संक्रमित भेटिएका छन् । यो संख्या अमेरिकामा एकैदिनमा फेला परेको पहिलो पटक हो । अमेरिकाका संक्रमण रोग प्रमुख विज्ञ एन्थोनी फाउजीले अमेरिकामा कोरोनाको गम्भिर समस्या रहेको वताउनुभएको छ ।

फाउजीले कोरोना भाइरस विरुद्धको लडाई समाप्त पार्न सबै एकजुट हुनुपर्ने वताउनुभयो । स्वास्थ्य विज्ञहरुले अमेरिकामा कोरोना संक्रमण समाप्त पार्न अझै धेरै गर्नुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय अमेरिकाको १६ वटा राज्यमा कोरोना संक्रमणको जोखिम अत्याधिक रहेको छ ।

अमेरिकामा हालसम्म २५ लाख ५३ हजार भन्दा वढी कोरोना संक्रमित भइसकेका छन् भने १ लाख २६ हजार ६ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया