अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२१ | Colorodo: 18:36

नेपालमा कोरोना भाइरसका कारण २६ जनाको मृत्यु, सङ्क्रमितको संख्या ११ हजार नाघ्यो

बिआरटीनेपाल २०७७ असार ११ गते ७:१२ मा प्रकाशित

नेपालमा कोरोना भाइरसका कारण २६ जनाको मृत्यु भएको छ । पछिल्लोपटक पाटन अस्पताल ललितपुरमा १ जना र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत् १ जना गरि २ जनाको मृत्यु भएसँगैसङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २६ पुगेको हो ।

यसैबीच, मुलुकमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी नियमित जानकारी दिने क्रममा २२ वटै पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४ सय ३४ जना थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ११ हजार एक सय ६२ पुगेको बताउनुभयो । यस्तै प्रवक्ता डा गौतमले पछिल्लो २४ घन्टामा ३ सय १२ जना कोरोना सङ्क्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिनुभयो ।

यो सँगै नेपालमा कोरोना सङ्क्रमित भएकामध्ये स्वस्थ हुनेको सङ्ख्या २ हजार ६ सय ५० पुगेको पनि उहाँले बताउनुभयो । रसुवा बाहेक सबै जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू