अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२१ | Colorodo: 09:36

भारतको जम्मु– कश्मिरमा भएको गोलाबारीमा भारतीय सेनामा कार्यरत गुल्मीका युवाको मृत्यु

बिआरटीनेपाल २०७७ असार ९ गते ७:४८ मा प्रकाशित

भारतको जम्मु–कश्मिरमा भएको गोलाबारीमा परी गुल्मीका एक युवाको मृत्यु भएको छ। भारतीय सेनामा कार्यरत गुल्मी छत्रकोट गाउँपालिका वडा नं. ५ खज्र्याङ घर भएका गोर्खा हवल्दार दीपक कार्कीको पाकिस्तानी सेनाले गरेको गोलाबारीमा परी मृत्यु भएको उनको परिवारले जनाएको छ।

उनी सोमबार बिहान साढे ५ बजे तिर पाकिस्तानी सेनाले गरेको गोलाबारीमा परी गम्भीर घाइते भएका थिए । गोलाबारीमा परि गम्भीर घाईते भएका कार्कीको केही घण्टामै उपचारको क्रममा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ।

१८ वर्ष अघि भारतीय सेनामा भर्ती भएका ३८ वर्षिय कार्की हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राम बस्दै आएका थिए । कार्कीका ९० वर्षीय बुवा, श्रीमती २ छोरी र एक जना छोरा रहेका छन्।

जम्मु कश्मिरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा तैनाथ कार्की ड्युटीमै रहेको समयमा गोलाबारीमा परेका थिए। ३–५ गोरखा राइफल्समा हवल्दार पदमा कार्यरत कार्कीको मृत्युबारे भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल देवेन्द्र आनन्दले पुष्टि गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू