अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:११ | Colorodo: 13:26

नागरिकता समस्याबारे सहमति खोज्न सरकारलाइ राजपा सांसद यादवको आग्रह

बिआरटीनेपाल २०७७ असार ९ गते ७:२९ मा प्रकाशित

राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद महेन्द्र राय यादवले अङ्गीकृत नागरिकता समस्याबारे सहमति खोज्न सरकारलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद यादवले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्ष नेपालमा स्थायी रुपमा बसोबास गरेपछि मात्र अङ्गीकृत नागरिकता दिने राज्य व्यवस्था समितिको सहमतिको विरोध गर्नुभयो ।

यो मधेस आन्दोलनका क्रममा तत्कालीन मधेसी मोर्चासँग भएको सहमति विपरीत भएको पनि उहाँको भनाई छ । नागरिकता सम्बन्धि पछिल्लो प्राबधानले मुलुकमा द्वन्द्वको स्थिति सिर्जना हुने र त्यसको जिम्मा सरकारले लिनुपर्ने उहाँले बताउनुभयो ।

समाजवादी पार्टीका सांसद प्रदीप यादवले पनि राज्य व्यवस्था समितिको निर्णयको विरोध गर्नुभयो । यो निर्णय नसच्याए आन्दोलनको विकल्प नहुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया