अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३० | Colorodo: 09:45

अफगानिस्तानमा स्वास्थ्य संस्थामा भएको आक्रमणप्रति राष्ट्रसंघद्वारा भत्र्सना

बिआरटीनेपाल २०७७ असार ७ गते २३:५६ मा प्रकाशित

संयुक्त राष्ट्रसंघले कोरोना महामारी नियन्त्रणका लागि खटिएका अफगानिस्तनका स्वास्थ्यकर्मीविरुद्ध निरन्तर आक्रमण भएको भन्दै निन्दा गरेको छ । राष्ट्रसंघले विज्ञप्ती जारी गरेर महामारी नियन्त्रणका लागि निरन्तर खटिएका स्वास्थ्यकर्मीको सरकारी सेना र विद्रोही तालिवानीहरु आक्रमण गरेको भन्दै निन्दा गरेको हो ।

अफगानिस्तानमा जारी हिंसामा सरकारी सेना र विद्रोही तालिवानीहरुले महामारी नियन्त्रणमा असहयोग गरेको राष्ट्रसंघको ठहर छ । विद्रोहीको आक्रमणका कारण अस्पतालिमा उपचार गराइरहेका २४ जना सुत्केरी महिला र नर्सको मृत्यु भएको थियो ।

राजधानी काबुलमा रहेको अस्पतालमा आक्रमण हुँदा नवजात शिशु, सुत्केरी महिला र नर्सहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको बताइएको छ । अफगानिस्तानमा हालसम्म २९ हजार भन्दा बढी संक्रमित फेला परेका छन् भने ५८१ जनाको मृत्यु भइसकेको छ ।

गत मार्चमा २ लाख भन्दा बढी अफगानीहरु छिमेकी देशहरुबाट फर्किइपछि महामारीको संख्या बढेको बताइएको छ । यता सेभ द चिल्ड्रेनले प्रकाशित गरेको प्रतिवेदनअनुसार कोरोनाको महामारीसँगै खाद्यान्नको मूल्य वृद्धि हुँदा लाखौं बालबालिका भोकमरीको शिकार हुनसक्ने चेतावनी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू