अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०३ | Colorodo: 11:18

विश्वमा एकै दिन १ लाख ८३ हजार कोरोना सङ्क्रमित थपिए, संक्रमितको संख्या ९० लाख ५१ हजार नाघ्यो

बिआरटीनेपाल २०७७ असार ७ गते २३:४७ मा प्रकाशित

विश्वमा कोरोना सङ्क्रमितको संख्या ९० लाख ४५ हजार नाघेको छ । वर्लडओमिटरका अनुसार सङ्क्रमितको संख्या ९० लाख ५१ हजार ५ सय ३५ छ । पछिल्लो २४ घण्टामा एक लाख ८३ हजार सङ्क्रमित थपिएका छन् । सङ्क्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा २३ लाख ५६ हजार ६ सयमा सङ्क्रमण पुष्टि भएको छ । त्यहाँ १ लाख २२ हजारको ज्यान गएको छ ।

सङ्क्रमित धेरै हुने देशको दोस्रो स्थानमा रहेको ब्राजिलमा ५० हजारभन्दा बढी व्यक्तिको ज्यान गएको छ । ब्राजिलमा सङ्क्रमित व्यक्तिको संख्या झण्डै १० लाख ८७ हजार पुगेको छ । सङ्क्रमित र ज्यान गुमाउने व्यक्तिहरूको संख्या बढे पनि ब्राजिलमा राष्ट्रपति जाइर बोल्सोनारूको दबावका कारण ठूला शहरहरू खुल्न थालिसकेका छन् ।

रुसमा ५ लाख ८४ हजार सङ्क्रमित छन् । त्यहाँ ८ हजार १ सयको ज्यान गएको छ । छिमेकी भारतमा झण्डै ४ लाख २७ हजारमा सङ्क्रमण पुष्टि भएको छ । भारतमा १३ हजार ७ सय जनाले ज्यान गुमाएका वर्लडओमिटरले जनाएको छ ।

विश्वमा कोरोना सङ्क्रमित ९० लाख ४५ हजार मध्ये ४८ लाख ३८ हजार बढी निको भएका छन् । विश्वभर ज्यान गुमाउनेको संख्या ४ लाख ७० हजार पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू