अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०१ | Colorodo: 07:16

भारत र चीनलाई वार्ताका लागि सघाउन तयार छौं – राष्ट्रपति ट्रम्प

बिआरटीनेपाल २०७७ असार ७ गते ७:५६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीचको सीमा समस्या जटिल मोडमा पुगेको भन्दै आफूले ध्यान दिइरहेको बताउनुभएको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा पत्रकारहरुसँग उहाँले यस विषयमा भारत र चीन दुबैसँग अमेरिकाले कुराकानी गरिरहेको दाबी पनि गर्नुभयो ।

ट्रम्पले दुबै देश आमनेसामने रहेको अवस्थामा अगाडि के हुन्छ भन्नेमा अमेरिकाले नजर राखेको बताउनुभयो । वार्ताका लागि अहिलेको परिस्थितिमा सहयोग गर्ने प्रयास भईरहेको उहाको भनाई थियो । गत सोमबार राति लद्दाखको गलवान उपत्यकामा दुई देशका सेनाबीच भएको भिडन्तमा भारतका एक अधिकृतसहित २० सैनिक मारिएका थिए ।

चीनले आफूतर्फको हताहतीको कुनै जानकारी नदिए पनि भारतले भने चीनका ४० सेनिक मारिएको दावी गर्दै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू