अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४५ | Colorodo: 12:00

बेइजिंगमा कोरोना संक्रमित बढ्दै गएपछि एक हजारभन्दा बढी हवाई सेवा रद्द

बिआरटीनेपाल २०७७ असार ३ गते ७:१२ मा प्रकाशित

चीनको राजधानी बेइजिंगमा कोरोना संक्रमित बढ्दै गएपछि १ हजारभन्दा बढी हवाई सेवा रद्द गरिएको छ । चीनमा दोस्रो चरणको कोरोना महामारीको खतरा बेइजिंगमा देखिन थालेको भन्दै बेइजिंगबाट उडान भर्ने १ हजारभन्दा बढी हवाई सेवा रद्द गरिएको हो ।

आजमात्रै बेइजिंगमा कोरोना भाइरसका कारण ३१ जना नयाँ संक्रमित थपिएका छन् । यो सगै बेइजिंगमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १ सय ३७ पुगेको छ ।

बेइजिंगमा कोरोना संक्रमित थपिँदै गएपछि विद्यालय, बजारहरु पूर्ण रुपले बन्द गरिएको छ भने राजधानी बाहिर नजान पनि नागरिकलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू