अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५८ | Colorodo: 22:13

भारत र चीनलाई संयमता अपनाउन संयुक्त राष्ट्रसंघको आग्रह

बिआरटीनेपाल २०७७ असार ३ गते ७:०६ मा प्रकाशित

भारत र चीनको सीमावर्ती क्षेत्रमा बढेको तनावलाई लिएर संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गर्दै संयमता अपनाउन आग्रह गरेको छ । सोमबार राति लद्दाखको गलवान उपत्यकामा भएको झडपप्रति चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्रसंघले भारत र चीन दुबैलाई अधिकतम संयम अपनाउन आग्रह गरेको हो ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसका सहप्रवक्ता एरी कोनेकोले लाइन अफ एक्चुअल कन्ट्रोलमा भएका हिंसात्मक झडप र मृत्युका खबरप्रति चिन्तित रहेको उल्लेख गर्नुभएको छ । उहाँले दुई देशबीच तनावलाई कम गर्न प्रयास शुरु हुनु सकारात्मक भएको पनि बताउनुभयो ।

भारत र चीनबीच विगत एक महिनादेखिको तनाव बढ्दै गएर सोमबार राति हिंसात्मक झडपमा परिणत हुँदा २० भारतीय सैनिक मारिएका छन् । चीनतर्फ कति मारिए भन्ने औपचारिक जानकारी नभए पनि ४३ जनासम्मको हताहती हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू