अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५८ | Colorodo: 17:13

३ सयभन्दा बढी महिला कुवेतबाट नेपाल फर्कँदै

बिआरटीनेपाल २०७७ जेठ २८ गते २१:५० मा प्रकाशित

आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका ३ सय भन्दा बढी महिलालाई कुवेत सरकारले आज काठमाडौं ल्याइदिने भएको छ । सबै प्रक्रिया टुंग्याएर आज दुईवटा उडानमार्फत ३ सय महिला श्रमिक आज नेपाल फर्किने लागेको कुवेतमा लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

करिब २९ सय नेपाली कुवेतमा विभिन्न क्याम्पपमा आममाफीको प्रक्रिया पुरा गरेर बसेका छन् । क्वारेन्टाइन बनाइएका विभिन्न क्याम्पमा बसेर वैशाखको तेस्रो हप्तादेखि उनीहरु स्वदेश फर्किने अनुमति कुरिरहेका थिए । हाल कुवेत सरकारले आममाफी दिएका श्रमिकहरूलाई विद्यालय, कलेज, खेल मैदान र सार्वजनिक भवनहरूमा राखेको छ ।

कुवेतले अप्रिल २६ देखि ३० सम्म आममाफीका लागि आवेदन गर्नसक्ने समय तोकेको थियो । आफूसँग राहदानी नभएका २५ सयभन्दा बढीले नेपाली दूतावासबाट ट्राभल डकुमेन्ट बनाएका थिए । नेपाल सरकारले विदेशमा अलपत्रलाई ल्याउन प्रक्रिया सुरु गरेपछि कुवेतबाट पनि जहाज आउन अनुमति दिइएको हो । अब क्रमैसँग क्याम्पमा बसेका अन्य श्रमिक पनि नेपाल आउन पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू