अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२८ | Colorodo: 07:43

नेपाली उपन्यासमा शीर्षकको पुनरावृत्ति

लीला लुइटेल २०७७ जेठ २८ गते १२:०६ मा प्रकाशित

१. आरम्भ
‘शीर्ष’ शब्दमा ‘क’ प्रत्यय लागेर ‘शीर्षक’ शब्दको निर्माण भएको छ । कुनै विषयवस्तुको माथिल्लो भाग भन्ने अर्थबोध गराउने यस शब्दले मूलतः कुनै पनि कृतिको नामलाई बुझाउँछ । हरेक कृतिको पहिलो परिचायक शीर्षक नै हो । कृतिको नामकरण मात्र नभई यो कृतिको मूल भाव एवं विचारको सङ्केतक पनि हो । कतिपय शीर्षकबाटै कृतिमा वर्णित विषयवस्तुको अनुमान गर्न सकिन्छ । यसलाई कसै कसैले साहित्यको विधागत तत्त्वको रूपमा उल्लेख गरेको पाइए पनि यो विधाको तत्त्वचाहिँ होइन ।

शीर्षक करणको कुनै सैद्धान्तिक नियम नभए पनि यो प्रायः छोटो, छरितो र आकर्षक हुनुपर्छ । कृति लेखनका क्रममा अवस्था हेरी कहिलेकाहीँ शीर्षक चयन गरेर लेख्न सुरु गरिन्छ भने कहिलेकाहीँ कृतिको अन्तिम तयारी भइसकेपछि मात्र शीर्षक चयन गरिन्छ । शीर्षक रखाइबाटै लेखकको पहिलो परिचय प्राप्त हुने हुँदा यो कार्य निकै सुझबुझका साथ गरिनुपर्छ । शीर्षक अभिधात्मक सङ्केतात्मक, प्रतिकात्मक आदि विभिन्न ढङ्गले राख्न सकिन्छ । अभिधात्मक शीर्षकले सोझो वा शाब्दिक अर्थ बुझाउँछ भने सङ्केतात्मक एवं प्रतिकात्मक शीर्षकले सोझो वा शाब्दिक अर्थ नभएर घुमाउरो वा अन्यार्थ बोध गराउँछ । शीर्षक अभिधात्मक, सङ्केतात्मक वा प्रतिकात्मक जुनसुकै ढङ्गबाट राखिए पनि त्यो कृतिको पहिलो सर्व प्रमुख परिचायक अभिलक्षण भएकाले सामञ्जस्यमूलक, औचित्यपूर्ण र सार्थक हुनुपर्छ अर्थात् कृतिको मूल भाव र शीर्षकका बिच आन्तरिक वा बाह्य सङ्गतिचाहिँ हुनैपर्छ ।

शीर्षक नयाँ, मौलिक र कसैसँग नमिल्ने खालको हुनुपर्छ । साहित्यको इतिहासमा थुप्रै कृतिहरू सिर्जना गर्दै जाँदा कतिपय कृतिका शीर्षकहरू एक अर्कासँग मिल्न गएको पनि देखिन्छ । विधा विशेषका अत्यधिक कृतिहरू सिर्जना हुँदा अध्ययनको कमीका कारण पूर्ववर्ती शीर्षकहरूका बारेमा ज्ञान नभएर शीर्षक पुनरावृत्ति हुनसक्छ । कुनै पनि कृतिको शीर्षक राख्दा विषयवस्तु वा भाव, मुख्य पात्रका नामका आधारमा शीर्षक राख्ने प्रचलन नेपालीमा अत्यधिक रहेको देखिन्छ । यसका साथै ठाउँ वा परिवेश तथा साहित्यिक कृतिको उद्देश्यका आधारमा पनि कतिपय शीर्षकको कृति राखिएको पाइन्छ । कतिपय कृतिको शीर्षक विषय वा भाव अनुरूप मिल्दोजुल्दो नभई अन्यार्थ जस्तो लाग्ने पनि देखिन्छ ।

२. नेपाली उपन्यासमा शीर्षकको पुनरावृत्ति
नेपाली उपन्यासको प्राथमिक कालमा विधागत स्पष्ट स्वरूपयुक्त उपन्यास लेखन त्यति नभएकाले गद्याख्यानको अनुवाद–रूपान्तरणका माध्यमबाट उपन्यास लेखनको पृष्ठभूमि निर्माण भएको पाइन्छ । माध्यमिक कालमा अनुवाद–रूपान्तरणका साथै औपन्यासिक ढाँचाका कतिपय मौलिक कृतिको सिर्जना गरी उपन्यास लेखन क्रमशः अगि बढेको देखिन्छ । नेपालीमा मौलिक उपन्यास लेखनको थालनी गिरीशबल्लभ जोशीको वीर चरित्र (१९६०) बाट भएको हो । नेपाली उपन्यासमा रुद्रराज पाण्डेको आदर्शोन्मुख यथार्थवादी उपन्यास रूपमती (१९९१) प्रकाशित भएपछि आधुनिकताको प्रारम्भ भएको मानिन्छ । यसपछि क्रमशः रूपनारायण सिंहको स्वच्छन्दतावादी उपन्यास भ्रमर (१९९३) हुँदै लैनसिंह बाङ्देलको मुलुकबाहिर (२००४) सम्म पुग्दा नेपाली उपन्यासले स्पष्ट आधुनिक स्वरूप प्राप्त गर्छ ।

एक शताब्दीभन्दा बढी समय पार गरिसकेको नेपाली उपन्यासका क्षेत्रमा हालसम्म नेपालभित्र र बाहिरका थुप्रै उपन्यासकारका औपन्यासिक कृति प्रकाशित छन् । यस सन्दर्भमा बेग्लाबेग्लै विभिन्न लेखकका उपन्यासमा शीर्षकको पुनरावृत्ति भएको स्थिति प्रशस्त मात्रामा देखा परेको छ । यसरी शीर्षकको पुनरावृत्ति भएका नेपाली उपन्यासलाई वर्णानुक्रममा तल प्रस्तुत गरिन्छ:

अतिरिक्त
नयनराज पाण्डे- अतिरिक्त (२०५०)
डी आर उपाध्याय- अतिरिक्त (२०७५)

अधुरो प्रेम
अच्युत मल्ल-अधुरो प्रेम (२०२६)
शुकदेव शर्मा लामिछाने-अधुरो प्रेम (२०६५)

अधुरो सपना
वासुदेव ‘लहर’-अधुरो सपना (२०२४)
काजी प्रधान- अधुरो सपना (२०२९)
पिटर चेड.- अधुरो सपना (सन् १९७६)
सिन्धु शर्मा -अधुरो सपना (२०६१)
राजु गौतम- अधुरो सपना (२०६३)
हरि कटुवाल- अधुरो सपना (२०७३)

अनुराग
नरप्रसाद थापा – अनुराग (२०३०)
दावा छिरिङ लेप्चा- अनुराग (२०३४)

अनुराधा
विजयबहादुर मल्ल- अनुराधा (२०१८)
प्रकाश कोविद- अनुराधा (सन् १९८२)

अन्तर्द्वन्द्व
सुशीलचन्द्र श्रेष्ठ- अन्तर्द्वन्द्व (२०५४)
सीता पाण्डे- अन्तर्द्वन्द्व (२०५६)

अन्धो प्रेम
बाबुराम गिरी- अन्धो प्रेम (२०५६)
गणेश विकास भेटुवाल- अन्धो प्रेम (२०६६)

अपर्णा
प्रकाश कोविद- अपर्णा (सन् १९८२)
गोविन्द गोठाले- अपर्णा (२०५३)

अभिषेक
दीपक सुवास- अभिषेक (सन् १९८०)
निरूपा प्रसून- अभिषेक (२०६६)

अमर माया
पदम गाउँले- अमर माया (२०६५)
सागरमणि थापा -अमर माया (२०६६)

अर्ध–विराम
सानु – अर्ध–विराम (२०६२)
जयनारायण लुइटे अर्धविराम (सन् २००६)
इन्द्रमणि दर्नाल- अर्धविराम (सन् २०१३)

अस्मिता
केदारनाथ आचार्य- अस्मिता (२०५७)
उर्मिला सापकोटा- अस्मिता (२०६५)

आँसु
एकदेव उपाध्याय ढकाल- आँसु (२०११)
ललिता देवान- आँसु (सन् १९७७)

आमाको माया
केसु विरही गिरी- आमाको माया (२०५७)
विजय सापकोटा -आमाको माया (२०६०, बाल उपन्यास)

आवरण
विश्वगोपाल लम्साल -आवरण (२०२८)
जया ओझा – आवरण (२०७३)

उन्माद
महेश्वर शर्मा- उन्माद (२०५१)
ललिता दोषी -उन्माद (२०६६)

उपहार
अनिल गुरुङ- उपहार (सन् १९८३)
विश्वराज ढुङ्गाना- उपहार (२०६६)

उर्मिला
मायादेवी शर्मा -उर्मिला (२०६९)
भुवनहरि सिग्देल -उर्मिला (२०६९)

उषा
काशीबहादुर श्रेष्ठ- उषा (१९९५)
गजेन्द्रप्रसाद आचार्य- उषा (२०१९)

कर्तव्य
मोहन दुखुन्- कर्तव्य (सन् १९७८)
नरेन्द्र श्रेष्ठ ‘केशर’ -कर्तव्य

कल्पना
भोगेन्द्र बस्नेत- कल्पना (२०३४)
भीमचरण थापा -कल्पना (२०४८)

कसिङ्गर
गीता केशरी- कसिङ्गर (२०३४)
श्रेष्ठ,प्रिया ‘पत्थर’ -कसिङ्गर (२०५३)

कालखण्ड
महेश्वर शर्मा -कालखण्ड (२०५१)
सुशीलचन्द्र श्रेष्ठ -कालखण्ड (२०५६)

कुमारी आमा
भारती खरेल- कुमारी आमा (२०५१)
अनुपम रोशी कुमारी -आमा (२०६८)

कोसेली
दुर्गाप्रसाद श्रेष्ठ ‘उपेन्द्र’- कोसेली (२०३१)
प्रसाद- कोसेली
प्रकाश कोविद- कोसेली

चम्पा
लक्ष्मीप्रसाद देवकोटा- चम्पा
प्रकाश कोविद -चम्पा (सन् १९८५)

जाल
गोविन्द शर्मा- जाल (सन् १९७०)
विश्वलाल -जाल (२०२९)

जीवनज्योति
सविता श्रेष्ठ ‘बेहोशी’- जीवनज्योति (२०५२)
रुकु कार्की -जीवनज्योति (२०६५)

ज्वाला
चन्द्रकान्त आचार्य -ज्वाला (२०५७)
रामचन्द्र भट्टराई -ज्वाला (२०६४)

तृष्णा
दुर्गा शर्मा कोशियाली -तृष्णा (२०४८)
उन्नति बोहरा शीला -तृष्णा (२०७१)
रविचन्द्र भट्टराई -तृष्णा (२०७३)

दाइजो
आशासिंह -दाइजो (२०२६)
प्रकाश कोविद -दाइजो (सन् १९६९)
प्रसाद -दाइजो

दुर्दशा
हरिहर शास्त्री- दुर्दशा (२०२२)
गुरुङ रामप्रकाश समथिङ -दुर्दशा (२०७४)

नरेन्द मोहिनी
सदाशिव शर्मा -नरेन्द मोहिनी (सन् १९२५)
देवकीनन्द खत्री -नरेन्द मोहिनी (सन् १९६३)

नियति
इन्द्र सुन्दास नियति (२०३९)
सदानन्द अभागी नियति (२०६१)

परिवर्तन
खगेन्द्र के.सी. परिवर्तन (२०५१)
अर्जुनकुमार कार्की परिवर्तन (२०५५)
विजयराज आचार्य परिवर्तन (२०६०)

पर्खाल
गोविन्द शर्मा पर्खाल (२०३१)
भीमचरण थापा पर्खाल (२०४१)

पार्वती
पुण्य निरौला पार्वती (२०४३)
वासुदेव पार्वती (२०१०)

पश्चात्ताप
मायादेवी सुब्बा पश्चात्ताप (२०२०)
युधीर थापा पश्चात्ताप (२०४४)
बलराम दाहाल पश्चात्ताप (२०६८, बाल उपन्यास)

पुनर्मिलन
मणिपाल पुनर्मिलन (२०२८)
योगेन्द्र तिमिल्सिना -पुनर्मिलन (२०२४)
मिला ईङनाम ‘इक्सा’ -पुनर्मिलन (२०५९)

पूर्णिमा
माधव भण्डारी – पूर्णिमा (२०२८)
टीकाराम उपाध्याय ‘निर्भीक’ -पूर्णिमा (सन् १९७६)
राजेश्वर देवकोटा -पूर्णिमा (२०५४)

प्रतिज्ञा
पवनकुमारी देवी प्रतिज्ञा (२०१७)
बी.बी. के.सी. प्रतिज्ञा (२०२७)

प्रतिशोध
विश्वगोपाल लम्साल प्रतिशोध (२०२९)
गणेश प्याकुरेल -प्रतिशोध २०२९)

प्रतीक्षा
अच्युत मल्ल ‘तारा’ प्रतीक्षा (२०२७)
भीमचरण थापा प्रतीक्षा (२०३८)
मुकुन्दहरि ज्ञवाली प्रतीक्षा (२०४४)
प्रकाश कोविद प्रतीक्षा (सन् १९८७)

प्रायश्चित
रुद्रराज पाण्डे प्रायश्चित (१९९५)
मदन खत्री प्रायश्चित (२०४१)
गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ प्रायश्चित १, २, ३ (२०६३/२०६४)
गुनु घर्ती प्रायश्चित

प्रेम तपस्या
नरेन्द्र केरुङ अन्योल प्रेम तपस्या (२०५७)
शङ्कर भारती प्रेम तपस्या (२०५७)

प्रेरणा
रोहिणी शाह प्रेरणा (२०५०)
नरहरि पोखरेल प्रेरणा (सन् २००९)

बदला
योगनाथ प्याकुरेल -बदला २०२४)
नारायणप्रसाद पथिक -बदला (२०६०)

बन्धन
गोविन्द शर्मा -बन्धन (२०२७)
सुजात बन्धन (२०५८)

बलिदान
सुभाष देवकोटा बलिदान
धमनबहादुर गुरुङ बलिदान (२०५०)

भाग्यरेखा
कुमार श्रेष्ठ भाग्यरेखा (२०४७)
दुर्गाप्रसाद श्रेष्ठ भाग्यरेखा (२०३०)

भावना
तोयनिधि पौडेल भावना (२०३२)
ऋषिराज बराल भावना (२०३४)
विद्याबहादुर बज्राचार्य भावना (२०६४)

भुमरी
मोहनबहादुर मल्ल भुमरी (२०१६)
वसन्त नेपाल भुमरी (२०७४)

मञ्जरी
दौलतविक्रम विष्ट मञ्जरी (२०१६)
लता राणा मञ्जरी (२०६२)
राजु नेपाल मञ्जरी (२०७१)

मधुमालतीको कथा
हरिहर शर्मा मधुमालतीको कथा (सन् १९४९)
सानु मधुमालतीको कथा
रेवतीरमण न्यौपाने मधुमालतीको कथा
गौरीशङ्कर शर्मा मधुमालतीको कथा
एकदेव उपाध्याय मधुमालतीको कथा

मन
लीलाध्वज थापा मन (२०१५)
देवी न्यौपाने मन (२०७४)

माया
भीमचरण थापा माया (२०३१)
चित्र सिकारु माया (२०३९)
गुरुङ रामप्रकाश समथिङ माया (२०७४)

मालती
भागीरथी श्रेष्ठ मालती (२०३४)
के. श्रेष्ठ मालती (२०४३)
मुक्ति उपाध्याय बराल मालती (सन् २०३४, बाल उपन्यास)

मुक्ति
सञ्जय थापा/प्रदीप नेपाल मुक्ति (२०३९)
गीता केशरी मुक्ति (२०४८)

मोड
डी.एस. कोशिआली मोड (२०३३)
भीमचरण थापा मोड (२०३३)
हरि सिम्खडा मोड (२०३८)
प्रेम पाख्रिन लक्ष्य (२०४१)
उदय पाख्रिन लक्ष्य (२०६१)

योगमाया
महेश्वर शर्मा योगमाया (२०५४)
निलम कार्की योगमाया (२०७४)

लालहीराको कथा
हरिहर शर्मा लालहीराको कथा (सन् १९४९)
होमनाथ केदारनाथ लालहीराको कथा (सन् १९५५)
दलबहादुर हमाल लालहीराको कथा (२०२१)
लेखक उल्लेख नभएको लालहीराको कथा (सन् १९८०)

लाहुरे
भारती खरेल लाहुरे (२०५२)
भुपाल राई लाहुरे (२०६९)

वचन
काशीबहादुर श्रेष्ठ वचन (सन् १९४४)
प्रकाश कोविद वचन (सन् २००७)

विद्रोह
खड्गबहादुर सिंह विद्रोह–१ (२०११), विद्रोह–२ (२०१३)
भीष्मभूषण सङ्ग्रौला विद्रोह (२०३६)
भीम दाहाल विद्रोह (सन् २००५)
चन्द्रमान कन्दङ्वा विद्रोह
विजय पोखरेल विद्रोह (२०७६)

विश्वामित्र
इन्दिरा पसाईं विश्वामित्र (२०५४)
जङ्गबहादुर शाह विश्वामित्र (२०५८)

विश्वास
सुवास घिसिङ विश्वास (२०३३)
गीता केशरी विश्वास (२०५२)
राजेश्वर देवकोटा विश्वास (२०७१)
खेम कोइराला बन्धु विश्वास (२०७३)

विसङ्गति
असीत राई विसङ्गति (२०३७)
चतुर्भुज तिमिल्सिना विसङ्गति (२०५२)

शारदा
भीमचरण थापा शारदा (२०४६)
लक्ष्मीकान्त शारदा

शीला
शङ्कर कोइराला शीला (२०४७)
गुरुप्रसाद शर्मा रेग्मी शीला (२०६१)

संगम
प्रकाश कोविद संगम (सन् १९६४)
नरहरि पोखरेल संगम (सन् २०१०)

संयोग
रामबहादुर राई संयोग (सन् १९७७)
विष्णुबहादुर खड्का संयोग (२०३६)
तुलसीराम कुँवर संयोग २०४५)
नारायण कट्टेल संयोग (२०५२)
छविकिरण वली संयोग (२०५९)
नरहरि पोखरेल संयोग (सन् २०१०)

सङ्कल्प
रमेश थापा सङ्कल्प (२०४३)
तुलसीराम शर्मा ‘कश्यप’ सङ्कल्प (२०४५)
इसा शाह सङ्कल्प (२०४९)

सङ्घर्ष
तुलसीराम कुँवर सङ्घर्ष (२०२४)
श्रीदेव सापकोटा सङ्घर्ष (२०२५)

सपना
गोविन्द शर्मा सपना (२०३२)
लेखनाथ काÇले सपना (२०४६)
भक्तराज जोशी सपना (२०५७)
धिरजनाथ सपना (सन् २०११, बालउपन्यास)

समर्पण
के.बी. नेपाली समर्पण (२०२३)
भास्कर/भवानीप्रसाद पाण्डे समर्पण (२०५७)
विश्वगोपाल लम्साल समर्पण

सम्झना
कविराज अर्याल सम्झना (२०४७)
शिवबहादुर श्रेष्ठ सम्झना

सम्झौता
गणेशबहादुर जिसी सम्झौता (२०५०)
प्रकाश कोविद सम्झौता (सन् १९८५)
भाषा भण्डारी सम्झौता (२०६०)
तोयनाथ पौडेल सम्झौता (२०७१)

सीमा
रत्न सुनचेउरी सीमा (२०६०)
प्रकाश कोविद सीमा (सन् १९७६)

सुन्तली
भवानी भिक्षु सुन्तली (२०३९)
हरिसिंह थापा सुन्तली (२०६६)

३. अन्त्यमा
नेपाली उपन्यासमा विभिन्न उपन्यासकारका औपन्यासिक कृतिका शीर्षकको पुनरावृत्ति प्रशस्त मात्रामा भएको देखिन्छ । कुनै पनि लेखकका कृतिको शीर्षक अर्को लेखकका कृतिको शीर्षकसँग मिल्नु अधिकांश स्थितिमा संयोग हो । यसरी शीर्षक एउटै हुनुमा कतिपय स्थितिमा लेखकलाई जानकारी भएको हुन पनि सक्छ र नहुन पनि सक्छ । अहिलेको पुस्तामा पूर्ववर्ती वा अग्रज लेखकका कृति पढ्ने काम निकै कम भएको छ । शीर्षक पुनरावृत्ति हुनुको मूल कारणचाहिँ यही नै हो । जे जसरी भए पनि उही विधाका कृतिमा शीर्षक पुनरावृत्ति नभए बेस हुन्छ । यसका लागि समय, साधन र स्रोतले भ्याएसम्म पूर्वप्रकाशित कृतिहरू पढ्नु अत्यन्त जरुरी हुन्छ । आजको व्यस्त समयमा प्रकाशित सबै पढ्न नभ्याए पनि कुनै पनि साहित्यकारले कम्तीमा पूर्वप्रकाशित कृतिहरूका बारेमा जानकारी राख्नुचाहिँ अत्यावश्यक देखिन्छ । यसरी पूर्वप्रकाशित कृतिको अध्ययनले कुनै पनि लेखकलाई शीर्षक चयनको समस्या समाधान लागि मात्र सहयोग नगरी आफ्नो लेखनीलाई मौलिक एवं नवीन स्वरूप प्रदान गर्न, लेखनीलाई परिष्कृत एवं परिमार्जित तुल्याउन पनि ठुलो भूमिका खेल्न सक्छ । नयाँ साहित्यकारका लागि शीर्षक चयनमा समस्या परेमा वा अन्योल उत्पन्न भएमा आफ्ना अन्तरङ्ग मित्र, अग्रज साहित्यकार वा समालोचकसँग परामर्श लिन पनि सकिन्छ ।