अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४० | Colorodo: 11:55

भारत कोरोना संक्रमणबाट अति प्रभावित विश्वको पाँचौं देश बन्यो

बिआरटीनेपाल २०७७ जेठ २४ गते २२:११ मा प्रकाशित

कोरोना संक्रमणमा भारत सबैभन्दा बढी प्रभावित विश्वको पाँचौ देश भएको छ । भारतमा संक्रमणको संख्या इटाली र स्पेनभन्दा बढी भएको छ । भारतको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याकं अनुसार संक्रमितको संख्या २ लाख ३७ हजार बढी पुगिसकेको छ भने मृतकको संख्या ६ हजार ६ सय बढी पुगेको छ ।

इटालीमा संक्रमितको संख्या २ लाख ३५ हजार बढी छ भने १ लाख ६५ हजार निको भएका छन् । इटालीमा ३३ हजार ८ सय बढीको संक्रमणका कारण मृत्यु भएको छ । त्यस्तै भारतमा १ लाख १४ हजार बढी संक्रमित ठिक भएर घर फर्केका छन् । हाल १ लाख १५ हजार बढी संक्रमितहरु उपचाररत् छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू