अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१६ | Colorodo: 19:31

देशका ७० जिल्लामा कोरोनाको संक्रमण

बिआरटीनेपाल २०७७ जेठ २४ गते २२:०० मा प्रकाशित

देशका ७० जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ । हालसम्म १ लाख ६८ हजार ३१ जना क्वारेन्टाइनमा रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या २ हजार ८ सय ५७ रहेको छ । मन्त्रालयका अनुसार हिजोसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ३७ हजार ७ सय ३५ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट ९२ हजार ४ सय ७८ परीक्षणहरु गरिएका छन् । कोरोना संक्रमणको दर फैलिंदै गएपछि, समूदायलाई त्यसबाट जोगाउन हरेक नागरिक सचेत हुनुपर्ने भन्दै संक्रमित र उपचारमा सहयोगका लागि प्रवक्ता विकास देवकोटाले अपिल गर्नुभयो ।

नेपालमा पछिल्लो समय कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या हरेक दिन दुई सय भन्दा बढिका दरले थपिँदै गएको छ । संक्रमित हुनेको संख्या पत्ता लगाउन उनीहरूको स्वाब संकलन गरिन्छ । तर, प्रयोगशालाले समयमै नतिजा नदिंदा झन्डै २५ हजार स्वाबको नतिजा थन्किएको छ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या सरदर १० जनाका दरले थपिँदै गएको छ । यस हिसाबले हरेक दिन हजारांैका दरले नमूना संकलन गर्नुपथ्र्यो ।

तर प्रयोगशालाले ५ दिनका लागि नमूना संकलन स्थगित गरेको छ । जनशक्तिको अभाव र धान्नै नसक्ने भएपछि स्थगित गर्न बाध्य भएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा.गुणराज अवस्थीको भनाइ छ । कोरोना भाइरस संक्रमणको केन्द्रबिन्दु मध्येको एक, प्रदेश नम्बर ५ मा तीन वटा प्रयोगशालाबाट नमूना परीक्षण हुँदै आएको छ । तर, दिनकै करिब एक हजारका दरले नमूना संकलन भइरहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा सयांै स्वाब परीक्षणको रिपोर्ट पालो कुरेर बसेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी बताउनुहुन्छ ।

हाल नेपालका २१ स्थानबाट कोरोना भए÷नभएको बारे नमूना परीक्षणको काम भइरहेको छ । सात वटै प्रदेशबाट नमूना परीक्षण गरिएपनि औसतमा एक प्रयोगशालामा एक हजारदेखि १५ सय नमूना अहिले थन्किएको छ । सबैभन्दा धेरै नमूना जाँच गर्ने क्षमता भएको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पनि १० हजारभन्दा बढी स्वाबलाई पालोमा राखिएको छ । दिन प्रतिदिन कोरोना संक्रमित बढ्दै जाँदा जाँचको दायरा बढाउनुपर्ने सबैतिरबाट सरकारमाथि दवाव परिरहेको छ ।

तर, जाँच गरेर ल्याएका २५ हजारभन्दा बढीले आफुलाई कोरोना भाइरसको संक्रमण छ की छैन भन्ने रिपोर्ट पाउन सकेका छैनन् । सरकारले यो समस्या समाधानका लागि पहल भईरहेको जनाएको छ । क्षमताभन्दा बढी नमूना संकलन भएकाले संक्रमतिहरुबाट थप संक्रमण फैलिन सक्ने र यसअघि जस्तै मृत्युपछि उनमा कोरोना पुष्टि हुने जोखिम झनै बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू