अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

क्यानडाका प्रधानमन्त्री ट्रूडो रंगभेदविरोधी आन्दोलनमा

बिआरटीनेपाल २०७७ जेठ २४ गते ६:५१ मा प्रकाशित

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडो रंगभेद विरुद्धको आन्दोलनमा सहभागी हुनुभएको छ । ओट्टावामा भएको प्रदर्शनमा सहभागि भएर प्रधानमन्त्री ट्रूडोले आन्दालेनप्रति ऐक्यवद्धता जनाउनुभएको हो । उहाँले घुँडा टेकेर ऐक्यवद्धता जनाएको बताईएको छ । शुक्रबार प्रदर्शनमा सहभागी हुने नहुने बारे सोधिएको प्रश्नमा केही जवाफ नदिएका ट्रूडो अप्रत्यासित रुपमा ‘नो जस्टिस, नो पिस’ प्रदर्शनमा सहभागी हुनुभएको हो ।

कालो मास्क लगाएका ट्रूडोलाई सुरक्षाकर्मीहरुले घेरेर सुरक्षा प्रदान गरेका थिए । प्रदर्शनका क्रममा केही नबोलेका उहाँ आन्दोलनमा ऐक्यवद्धता जनाउँदै घुँडा टेकेर बस्नुभएको थियो । प्रदर्शनमा सहभागि भएकोमा प्रधानमन्त्री ट्रूडोलाई प्रदर्शनकारीले धन्यवाद दिएका छन् । आलोचकहरुले भने उहाँको यो कार्यलाई ‘पब्लिसिटी स्टण्ड’ भनेका छन् ।

अमेरिकामा एक अश्वेत नागरिकलाई प्रहरीले यातना दिई मारेपछि अहिले अमेरिकाभर रंगभेद विरुद्धमा आन्दोलन चर्किरहेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आफ्नो देशमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीका विरुद्धमा रहेका छन् । ट्रम्पसँग कतिपय मुद्दामा विमती राख्ने ट्रूडोले क्यानडामा रंगभेदविरोधी प्रदर्शनमा सरिक भएर ऐक्यवद्धता जनाउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू