अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०२ | Colorodo: 13:17

कोभिड–१९ का कारण विश्वभर ३ लाख ९८ हजार १ सय ४६ को मृत्यु, ६८ लाख ४४ हजार ७ सय ९६ संक्रमित

बिआरटीनेपाल २०७७ जेठ २३ गते २१:५३ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ३ लाख ९८ हजार १ सय ४६ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ६८ लाख ४४ हजार ७ सय ९६ जना संक्रमित भएका छन् । कोरोना संक्रमित ३३ लाख ४८ हजार ८ सय ६० जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५३ हजार ६ सय १३ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा १ लाख ११ हजार ३ सय ९०, इटालीमा ३३ हजार ७ सय ७४ , स्पेनमा २७ हजार १ सय ३४ , फ्रान्समा २९ हजार १ सय ११ , बेलायतमा ४० हजार २ सय ६१ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ८ हजार १ सय ३४, जर्मनीमा ८ हजार ७ सय ६३ , बेल्जियममा ९ हजार ५ सय ६६, ब्राजिलमा ३५ हजार ४७, रसियामा ५ हजार ५ सय २८ र क्यानडामा ७ हजार ७ सय ३ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी ६ हजार ६ सय ४९ , पाकिस्तानमा १ हजार ८ सय ३८ , बंगलादेशमा ८ सय ११ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ३ सय ९ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ७ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ४८ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू