अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०८ | Colorodo: 12:23

अमेरिकामा ७५ वर्षे बृद्धमाथि प्रहरीको ज्यादती, दुई प्रहरी निलम्बित

बिआरटीनेपाल २०७७ जेठ २३ गते ६:५४ मा प्रकाशित

अमेरिकामा प्रहरी ज्यादतीको एकपछि अर्को डरलाग्दा घटना सार्वजनिक हुन थालेको छ । यसैक्रममा बिहीबार राति पश्चिम न्यूर्योकको बफेलो शहरमा दुई प्रहरी अधिकारीले ७५ वर्षका एक वृद्धलाई धकेलेर लडाएका छन् । रंगभेद विरोधी आन्दोलनले सारा देश जलिरहेका बेला प्रहरीले ७५ वर्षीय बृद्धमाथि गरिएको दुव्र्यवहारको भिडियो भाइरल भएको हो ।

जर्ज फ्लोइडको हत्याको विरोधमा भएको प्रदर्शन नियन्त्रण गर्न न्यूयोर्कको दोस्रो ठूलो शहर बफेलोमा कर्फ्यू जारी गरिएका बेला बाटामा हिंडिरहेका ७५ वर्षका वृद्धलाई सशस्त्र दुई प्रहरीले धकेलेर लडाएका हुन् ।

टाउको गम्भीर चोट लागेको बृद्ध बेहोश भएको र उनलाई अरु सुरक्षाकर्मीले उठाएर उपचारका लागि अस्पताल लगेपनि गम्भीर अवस्थाका उनको स्वास्थ्य स्थिर रहेको जनाइएको छ ।

घटनाप्रति बफेलो शहरका मेयर बायरन ब्राउनले दुःख व्यक्त गर्नुभएको छ भने वृद्धलाई धकेल्ने दुई प्रहरी निलम्बित भएका छन् । न्यूयोर्क राज्यका गभर्नर एन्ड्रयू कुओमोले घटनाको निन्दा गर्दै यो पूर्णरुपमा अनुचित र अपमानजनक रहेको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू