अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१८ | Colorodo: 13:33

अमेरिकी राष्ट्रपति ट्रम्पमाथि गम्भीर आरोप, ट्वीटरमा ‘रेसिस्ट’ टाइप गर्दा ट्रम्पको एकाउन्ट पहिलो नम्बरमा

बिआरटीनेपाल २०७७ जेठ २१ गते २२:०३ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि गम्भीर आरोप लागेको छ । उहाँलाई ‘रेसिस्ट’ अर्थात् रंगभेदीको आरोप लागेको हो । ट्वीटरमा ‘रेसिस्ट’ अर्थात रंगभेदी भनेर खोज्दा राष्ट्रपति ट्रम्पको ट्वीटर ह्याण्डल सुझाइने एकाउन्टको पहिलो नम्बरमा आएको समाचार संस्था एएफपीले जनाएको हो ।

बुधबार ट्वीटरमा रेसिस्ट टाइप गरेर सर्च गर्दा ‘सजेस्टेड एकाउन्ट’ मा ट्रम्पको नाम पहिलो नम्बरमा आएको एएफपीको भनाइ छ । यस सम्बन्धी खबर पहिलोपटक बेलायती सञ्चारमाध्यम द इन्डिपेन्डेन्टले प्रकाशित भएपछि आफूहरुले पनि तथ्य हेर्न रेसिस्ट टाइप गरेर खोज्दा ट्रम्पको नाम पहिलो नम्बरमा आएको एएफपीले उल्लेख गरेको हो । ट्रम्पको ट्वीटरमा ८० मिलियन भन्दा बढी फलोअर्स छन् ।

जर्ज फ्लोइडको मृत्युपछि अमेरिकामा भइरहेको प्रदर्शनप्रति ट्रम्पले गरेको टिप्पणीपछि विवादित उहाँको तीब्र आलोचना भइरहेको छ । धेरैले ट्रम्पलाई रंगभेदी भनेका छन् । ट्रम्पले आरोप अस्वीकार गर्दै काला अमेरिकनका लागि आफूले जति कुनै पूर्व राष्ट्रपतिले नगरेको दाबी गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू