अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१९ | Colorodo: 13:34

भारतमा कोरोना सङ्क्रमितको उपचारका लागि रेम्डेसिभिर औषधि प्रयोगको लागि अनुमति

बिआरटीनेपाल २०७७ जेठ २० गते २१:३१ मा प्रकाशित

भारत सरकारले कोरोना संक्रमितको उपचारका लागि रेम्डेसिभिर औषधि प्रयोगको लागि अनुमति दिएको छ । अमेरिकाको गिलियड साईन्सले इबोला र हेपाटाइटिस सी को उपचारका लागि बनाएको औषधि भारत सरकारले कोरोना संक्रमित उपचारका लागि अनुमति दिएको हो ।

भारत पछिल्लो समय दक्षिण एसियाली मुलुकमा कोरोना संक्रमणको केन्द्र बनेको छ । भारतमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण २ लाख ७ हजार संक्रमित भएका छन् भने साढे ५ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू