अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४५ | Colorodo: 13:00

विश्वका २० औद्योगिक राष्ट्रहरुको समूहको सम्मेलन स्थगित गर्ने अमेरिकाको तयारी

बिआरटीनेपाल २०७७ जेठ १८ गते ६:२२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जी ट्वान्टी अर्थात् विश्वका २० औद्योगिक राष्ट्रहरुको समूहको सम्मेलन स्थगित गर्ने तयारी गर्नुभएको छ । एक पत्रकार सम्मेलनमा उहाँले जुन महिनामा दृश्य संवादमार्फत् हुने भनिएको जी ट्वान्टी सम्मेलन स्थगित गरिने बताउनुभयो ।

पूर्व निर्धारित कार्यक्रम अनुसार जुन महिनामा हुने सम्मेलनको क्रममा राष्ट्रपति ट्रम्प क्याप डेभिडबाट सहभागि हुने र अन्य मुलुकलाई दृश्य संवादमार्फत् सहभागि हुने भनिएको थियो । तर, नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावलाई लिएर सम्मेलन स्थगित गर्ने तयारी गरिएको राष्ट्रपति ट्रम्पले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू