अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२० | Colorodo: 17:35

लकडाउन नगरिएको स्वीडेनको सिंगो गाउँनै ७० लाख डलरमा बिक्रीमा

बिआरटीनेपाल २०७७ जेठ १८ गते ६:०३ मा प्रकाशित

स्वीडेनमा एउटा सिंगो गाउँ लाईनै बिक्रीमा राखिएको छ । कोरोना भाइरसको महामारीमा पनि पूर्ण रुपमा लकडाउन नगरेको स्वीडेनको एक गाउँ ७ करोड स्वीडिस क्रोनर अर्थात् ७३ लाख डलरमा बिक्रीका लागि राखिएको हो । स्वीडनेको राजधानी स्टकहोमभन्दा बाहिरी इलाकाको सालामा रहेको यो सात्रा ब्रुन गाउँ एक रियल स्टेट कम्पनीले बिक्रीमा राखेको हो । क्रिष्टी इन्टरनेशनल रियल स्टेटले बिक्रीमा राखेको उक्त गाउँ १७०० इसा पुरानो रहेको बताइएको छ ।

३ सय वर्ष अगाडि डा. स्यामुयल स्क्रेगले उक्त गाउँमा पानीको स्रोत फेला पारेपछि जमिन किनेको जनाइएको छ । त्यसपछि उनले त्यहाँ इनार, सुन्दर घर, अस्पताल, चर्च र हाउजिङ बनाएका थिए । राजधानी स्टकहोमबाट ९० मिनेट दूरीमा रहेको उक्त गाउँ प्राकृतिक पानीको मुहानले लोकप्रिय थियो । गुणस्तरीय पानीले मानिसलाई पिउन र नुहाउन राम्रो अवसर प्रदान गरेको र यसले मानिसको स्वास्थ्य राम्रो बनाएको मानिएको थियो ।

स्वस्थ पानीको मुहानकै कारण वरपरका धनीहरुलाई गृष्मकालिन बसाईका लागि आकर्षित गरेको थियो । त्यसपछि उक्त घर जमिनका मालिकलाई दिइने गरियो । पाहुनाहरुलाई प्रत्येक दिन बस्तीको पानी पिउन आमन्त्रित गरिन्थ्यो । उनीहरुलाई तातो र चिसो पानीबाट नुहाउन प्रस्ताव गरिन्थ्यो । यसबाट उनीहरुको भावनात्मक असन्तुलनलाई सन्तुलनमा ल्याउन सहयोग गर्ने विश्वास पनि गरिन्थ्यो ।

सन् १७४० को दशकमा भने उक्त जमिन र घर भास्टेरासका पादरीले किनेको र केही वर्षपछि उनले यो गाउँ उपासाला युनिभर्सिटीलाई दिएको बताइएको छ । यो स्वीडेनकै उत्कृष्ट विश्वविद्यालय मध्येमा पर्छ । सन् २००२ मा भने विश्वविद्यालयले सात्रा ब्रुनालाई १६ जना व्यवसायीहरुलाई बेचेको र त्यसयता यो स्पा र इभेन्ट थलोको रुपमा रहदै आएको जनाइएको छ । २०१५ देखि बोटलिङ व्यवसाय संचालन गरिदै यो क्षेत्र बिक्रीका लागि राखिएको हो ।

बिक्रीमा राखिएको गाउँ करिब ६० एकर जमिनमा पैmलिएको र यहाँ अरु प्रयोग नगरिएका ८४ एकर जमिन पनि रहेको बताइएको छ । लीलाम बढाबढमा सहभागि हुन चाहनेहरुले मे ३१ भित्रै आफ्नो प्रस्ताव पेश गरिसक्नु पर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू