अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०१ | Colorodo: 22:16

सरकारले ल्याएको बजेट सकारात्मक रहेको राजनीतिक दलका नेताको टिप्पणी

बिआरटीनेपाल २०७७ जेठ १५ गते २१:४८ मा प्रकाशित

नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महामारीको परिस्थितिमा पनि जनतालाई राहत दिने गरी बजेट आएको बताउनुभएको छ । आर्थिक वर्ष २०७७–७८ को बजेट प्रस्तुत भएपछि संसद भवनमा प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले निम्न वर्गका समुदायलाई पनि बजेटले सम्बोधन गर्ने प्रयास गरेको प्रचण्डले बताउनुभयो ।

तर, पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले आगामि आर्थिक बर्षका लागि सरकारले ल्याएको बजेटलाई क्यान्सर रोगीलाई सामान्य झारफुक गरेजस्तो भएको प्रतिक्रिया दिनुभएको छ । संघीय संसद भवनमा अर्थमन्त्रीले बजेट प्रस्तुत गरेपछि भट्टराईले पत्रकारहरुसँगको कुराकानीमा क्यान्सर रोगीलाई सामान्य झारफुक गरेजस्तो बजेट आएको बताउनुभयो ।

यस्तै प्रतिपक्षी दल काँग्रेसका नेता गगन थापाले बजेट पूर्ण रुपमा सन्तुष्ट बनाउन नसकेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू