अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३८ | Colorodo: 18:53

कोभिड–१९ का कारण विश्वभर ३ लाख ५२ हजार ७ सय ५३ बढीको मृत्यु, ५७ लाख ९ हजार ५ सय ५१ संक्रमित

बिआरटीनेपाल २०७७ जेठ १४ गते ६:५७ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ३ लाख ५२ हजार ७ सय ५३ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ५७ लाख ९ हजार ५ सय ५१ जना संक्रमित भएका छन् । कोरोना संक्रमित २४ लाख ५१ हजार २ सय २९ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा १ लाख ६ सय २५, इटालीमा ३२ हजार ९ सय ५५, स्पेनमा २७ हजार १ सय १७ , फ्रान्समा २८ हजार ५ सय ३० , बेलायतमा ३७ हजार ४८ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ७ हजार ५ सय ६४ , जर्मनीमा ८ हजार ४ सय ९८ , बेल्जियममा ९ हजार ३ सय ६४, ब्राजिलमा २४ हजार ५ सय ९३, रसियामा ३ हजार ९ सय ६८ र क्यानडामा ६ हजार ६ सय ३९ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी ४ हजार ३ सय ६५ , पाकिस्तानमा १ हजार २ सय २५ , बंगलादेशमा ५ सय ४४ जनाको ज्यान गएको छ । अफगानिस्तानमा २ सय २७ , श्रीलंकामा १० र माल्दिभ्स्मा ५ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा २७ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू