अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१७ | Colorodo: 22:32

कोरोना भाइरसबाट बच्न नेपाललाई एडीबीको २ अर्ब ५० करोड सहुलियत ऋण

बिआरटीनेपाल २०७७ जेठ १३ गते ७:३९ मा प्रकाशित

नोबेल कोरोना भाइरस (कोभिड १९) बाट बच्न एसियाली विकास बैंक एडीबीले नेपाललाई दुई अर्ब ५० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने स्वीकृति दिएको छ। मंगलबार एडीबीले विज्ञप्ति मार्फत उक्त सहुलियत ऋणको स्वीकृति प्रदान गरेको जानकारी गराएको हो , जसमा देशको जनस्वास्थ्य प्रणालीलाई सुदृढ पार्ने र प्रतिकूल आर्थिक अवस्थालाई न्यूनीकरण गर्ने उपायहरू सामेल छन्। खासगरी महामारीको सामाजिक प्रभावहरु गरिबी निवारणका लागि उक्त ऋण प्रदान गरिएको एडीबीले जनाएको छ।

एडीबीका अध्यक्ष मसासटुगु असकावाका अनुसार यो सहुलियपूर्ण ऋणबाट सरकारले यसका रोकथामका उपायहरू निरन्तरता दिन, गरिब र विपन्न वर्गको लागि सामाजिक संरक्षण कार्यक्रम विस्तार गर्न र छिटो आर्थिक सुधारका कार्यक्रमहरु तय गर्न सक्नेछ।

एडीबीले दिएको उक्त सहयोग माहामारीको बेलामा दिने वैकल्पिक सहयोग (सीपीआरओ) हो जुन एडीबीको अधिनमा रहेर सञ्चालन हुने गर्दछ। उक्त सहयोगका लागि एडीबीले १३ अप्रिलमा कोरोना माहामारीबाट प्रभावित आफ्ना सदस्य विकाशोन्मुख राष्ट्रका लागि २० अर्ब डलर घोषणा गरेको थियो। उक्त कार्यक्रमले सरकारलाई प्रति दिन कम्तिमा ३ हजार टेस्ट क्षमता परीक्षण गर्न र सातैवटा प्रदेशमा महिला र पुरुषका लागि छुट्टै वार्ड भएका कम्तिमा २ लाख मानिसका लागि क्वारेन्टाइन सुविधा स्थापना गर्न सहयोग पुर्याउने विश्वास लिईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू