अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४७ | Colorodo: 04:02

दुई महिनापछि भारतमा आन्तरिक उडान सुरु

बिआरटीनेपाल २०७७ जेठ १२ गते ७:४१ मा प्रकाशित

भारतले दुई महिनापछि आज देखि आन्तरिक उडान सुरु गरेको छ । दिल्लीको इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्टमा आज बिहान पौने ५ बजे पुणेका लागि पहिलो उडान गरेको हो । विमानका सबै यात्रुको एयरपोर्टमा जाँच गरिएको थियो ।

एयरहोस्टेजहरुले फ्लाइटमा पीपीई अर्थात व्यक्तिगत सुरक्षाको सामग्री लगाएका थिए । यात्रुहरुले पनि सुरक्षाका लागि पर्याप्त सावधानी अपनाएका थिए । विमानस्थलमा दुई मिटरको दुरीको पालना अनिवार्य गरिएको थियो । सबै यात्रुलाई एयरलाइन्सले नै अनुहार छोप्ने मास्क प्रदान गरेका थिए ।

आन्ध्र प्रदेश र पश्चिम बंगालबाहेक भारतका सबै प्रदेशमा आन्तरिक उडान थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू