अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३४ | Colorodo: 22:49

अफ्रिकन अमेरिकनलाई लिएर गरेको टिप्पणीप्रति बाइडनेले माफी मागे

बिआरटीनेपाल २०७७ जेठ ९ गते २१:५६ मा प्रकाशित

अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने निश्चित भएका जो बाइडेनले आफ्नो एक टिप्पणीप्रति क्षमायाचना गर्नुभएको छ । पूर्व उपराष्ट्रपति बाइडेनले एक अन्तर्वार्ताको क्रममा आउँदो चुनावमा आफूलाई छोडेर डोनाल्ड ट्रम्पलाई मत दिने अफ्रिकन अमेरिकी अर्थात अश्वेतहरु ‘अश्वेत’ नहुने बताउनुभएको थियो । उहाँले सो टिप्पणीका लागि माफी मागेका हुन् ।

रेडियो होस्ट चार्लामाग्ने था गडले अन्तर्वार्ताको क्रममा अश्वेत मतदातासम्म बाइडेनको पहुँचलाई लिएर दबाब सिर्जना गरेपछि बाईडेनले यस्तो टिप्पणी गर्नुभएको थियो । बाइडेनले आफ्नो टिप्पणीप्रति माफी माग्दै कहिल्यै पनि अफ्रिकन अमेरिकन समुदायको समर्थनलाई आफूले हल्का रुपमा नलिएको बताउनुभएको छ ।

बाइडेनका लागि अफ्रिकन अमेरिकन समुदायबाट मिल्दै आएको समर्थन महत्वपूर्ण छ । १८ मिनेट लामो अन्तर्वार्ताको क्रममा ७७ वर्षका बाइडेनले अश्वेत मतदाताको हित र अधिकारका लागि आफूले गर्दै आएको कामको बयान गर्नुभएको थियो । अन्तर्वार्ताको अन्त्यतिर बाइडेनको चुनावी अभियानका एक सहयोगीले उहाँलाई समय कम रहेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू