अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५० | Colorodo: 07:05

कोभिड–१९ का कारण विश्वभर ३ लाख ४३ हजार ९ सय बढीको मृत्यु, ५४ लाख ३ हजार ९ सय संक्रमित

बिआरटीनेपाल २०७७ जेठ ९ गते २१:५५ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ३ लाख ४३ हजार ९ सय ७५ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ५४ लाख ३ हजार ९ सय ७९ जना संक्रमित भएका छन् । कोरोना संक्रमित २२ लाख ४७ हजार २ सय ३० जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा ९८ हजार ६ सय ८३ , इटालीमा ३२ हजार ७ सय ३५, स्पेनमा २८ हजार ६ सय ७८ , फ्रान्समा २८ हजार ३ सय ३२, बेलायतमा ३६ हजार ६ सय ७५ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ७ हजार ३ सय ५९ , जर्मनीमा ८ हजार ३ सय ६६ , बेल्जियममा ९ हजार २ सय ३७, ब्राजिलमा २२ हजार १ सय ६५, रसियामा ३ हजार ३ सय ८८ र क्यानडामा ६ हजार ३ सय ५५ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी ३ हजार ८सय ६८, पाकिस्तानमा १ हजार १ सय १ , बंगलादेशमा ४ सय ५२ जनाको ज्यान गएको छ । अफगानिस्तानमा २ सय १६ , श्रीलंकामा ९ र माल्दिभ्स्मा ४ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा २४ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू