अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४८ | Colorodo: 09:03

चीनले यस वर्ष आर्थिक वृद्धिदरको लक्ष्य तय नगर्ने

बिआरटीनेपाल २०७७ जेठ ९ गते ७:२१ मा प्रकाशित

चीनले यस वर्ष आर्थिक वृद्धिदरको लक्ष्य तय नगर्ने भएको छ । आज बिहानदेखि सुरु भएको चिनियाँ संसद्को वार्षिक बैठकमा प्रधानमन्त्री ली खछ्याङले आगामी वर्षका लागि आर्थिक वृद्धिदरको लक्ष्य तय नगर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री खछ्याङले देश समस्यासँग जुधिरहेको र यस्तो अनिश्चिततापूर्ण समयमा प्रगतिको अनुमान लगाउन कठिन हुने भएकाले आर्थिक बृद्धिद्धरको लक्ष्य तय नगर्ने बताउनुभएको हो । त्यस्तै चीनको बजेट घाटा पनि गत वर्षको तुलनामा बढेको बताइएको छ ।

चीनले सन् १९९० देखि आर्थिक वृद्धिदरको लक्ष्य प्रकाशित गर्न थालेको थियो । त्यसयता लगातार चीनले आफ्नो आर्थिक वृद्धिदर घोषणा गर्दै आएको थियो । यस वर्ष पहिलो पटक चीनले आर्थिक वृद्धिदरको लक्ष्य तय नगर्ने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू