अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२७ | Colorodo: 16:42

मधेशी समुदायलाई होच्याएको भन्दै तीनवटा टेलिभिजन कार्यक्रम बन्द गर्न संघीय सरकारसँग माग

बिआरटीनेपाल २०७७ जेठ ८ गते २२:१० मा प्रकाशित

मधेसी समुदायलाई होच्याएको भन्दै प्रदेश दुई सरकारले विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण भइरहेका तीनवटा कार्यक्रम बन्द गर्न संघीय सरकारसँग माग गरेको छ । प्रदेश दुईका न्यायाधिवक्ता दीपेन्द्र झाले सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडालाई पत्र लेख्दै ‘कोरोना बिर्साउने गफगाफ’, ‘ह्वाट द फ्लप’ र ‘जोगिन्दर बोले प्रणामजी’ कार्यक्रमको निर्माण र प्रसारणमा रोक लगाउन माग गर्नुभएको हो ।

‘यी तीन टेलिभिजन कार्यक्रमसहित केही नेपाली चलचित्रमा सीमित व्यक्तिको रमाइलो तथा मनोरञ्जनका लागि कुनै खास वर्ग समुदाय (मधेसी) लाई शब्द, अभिनय र संकेतमार्फत होच्याउने, अपमान गर्ने, तल देखाउने र बेइज्जत गर्ने काम भइरहेको र यस्ता कार्यले राष्ट्रिय एकता तथा सामाजिक सद्भावमा खलल पु¥याउन सक्ने भन्दै यस्तो माग गरिएको न्यायाधिवक्ता झाले बताउनुभयो ।

पत्रलाई नै उजुरी मानेर यस्ता कार्यक्रममा संलग्नलाई छानबिन गरी कानुनबमोजिम कारबाही गर्न पनि न्यायधिवक्ता झाले माग गर्नुभएको छ ।

प्रतिक्रिया