अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३२ | Colorodo: 02:47

ए छिमेकी देश

राकेश कार्की २०७७ जेठ ७ गते १५:४३ मा प्रकाशित

ए छिमेकी देश
नेपालीको शिर ठाडै छ
पाखुरीमा बेजोड शक्ति छ
अलिकति पनि सह्य हुनेछैन
जब हडप्न थाल्छौ
स्वतन्त्र नेपालको सिमाना

ए छिमेकी देश
तिम्रो दुष्कर्म प्रति
हरेक नेपालीको छातीमा
द्वेष उत्पन्न हुनेछ
सन्तान दर सन्तानसम्म

हाम्रा पुर्खाको बलिदानले आर्ज्याको
त्याग तेज बहादुरीले रक्षित
पसिना रगत बगाएर कोरिएको
नेपालको नक्सा
भूगोलको मानचित्रमा साक्षी छ

ए छिमेकी देश
व्यापारिक स्वार्थको लागि होस्
या हेपाहा लुटाहा प्रवृत्तिले
तिम्रो यो सानो देश प्रतिको दादागिरी
नकारात्मक क्रियाकलाप
इतिहासको पन्नामा छापिने छ
इन्टरनेटको पानाहरूमा लेखिने छ
यूट्वमा, टेलिभिजनमा, रेडियोमा बजिने छ
तिम्रो खुल्लम खुल्ला पेलाहा हर्कत
लुकाउनै नमिल्ने गरी
मानिस मानिसको दिमागमा पर्नेछ

ए छिमेकी देश
त्यतिखेर यो संसारमा
तिम्रो बदनाम हुनेछ
थाहा पाउने जो कोहीले
मन पराउने छैनन्
तिम्रै देशका सत् नागरिकहरूले
चित्त दुखाउने छन्
हरेक नेपालीको आत्माले
तिमीलाई धिक्कारेनछ

ए छिमेकी देश
त्यसैले सिमाना अतिक्रमण गर्ने
दु:साहस नगर


लस एन्जलस