अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३९ | Colorodo: 22:54

कतारको जेलमा रहेका ८ नेपालीले पाए माफी

बिआरटीनेपाल २०७७ जेठ ६ गते २१:४७ मा प्रकाशित

कतारको जेलमा रहेका ८ जना नेपालीले माफी पाएका छन् । इस्लाम धर्मावलम्बीको पवित्र महिना रमादानको अवसरमा कतारस्थित कारागारमा विभिन्न अभियोगमा बन्दी जीवन बिताइरहेका आठजना नेपालीलाई कतार सरकारले माफी दिएको कतारस्थिति नेपाली दूतावासले जनाएको छ ।

माफी पाउनेमा चार जना कुटपिट, दुईजना चोरी र दुईजना सवारीजन्य कसुरमा सजाय भुक्तान गरिरहेका हुन् । उनीहरु अब नेपाल फर्किन पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू