अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२९ | Colorodo: 21:44

वैदेशिक रोजगारीमा गएका कामदार जोखिममा, रेमिटेन्स झन्डै १ खर्व घट्ने

बिआरटीनेपाल २०७७ वैशाख ५ गते ८:०४ मा प्रकाशित

काठमाडौँ, ५ वैशाख । विश्वव्यापी कोरोना भाइरस महामारीका कारण चालु आर्थिक वर्षमा नेपालको रेमिटेन्स आय करिब १० प्रतिशतले घट्ने देखिएको छ । नेपाली श्रमिकको रोजगार गन्तव्य मुलुकमा गरिएको लक डाउनका कारण वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली कामदार उच्च जोखिममा रहेका छन्, थुप्रै मुलुकले श्रमिक कटौतीको नीति समेत लिइरहेका छन् । यसबाट नेपालको रेमिटेन्स आय दुई अङ्कको दरमै घट्ने देखिएको सरोकारवालाले बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रवार आयोजना गरेको भिडियो कन्फरेन्समा सहभागी सम्बन्धित क्षेत्रका विज्ञहरूले यस्तो बताएका हुन् । कोरोना कारण धेरैले मुलुकहरूले श्रमिक कटौती गरेका छन् । फलस्वप वैदेशिक रोजगारीमा गएका नेपालीहरूको कामदारहरु पनि श्रमिक कटौतीमा परेका छन् । जसका कारण यो वर्ष नेपाल भित्रने रेमिटेन्स १० प्रतिशत घट्न सक्ने अनुमान गरिएको नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुणाकर भट्टले बताए ।

गत आर्थिक वर्षमा नेपालमा ८ खर्व ७९ अरब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो । चालु आवमा केन्द्रीय बैकले चालु आ.व.मा ५ प्रतिशतले रेमिटेन्स बढ्ने अनुमान गरिएको थियो । तर, यो वर्ष ८ खर्व पनि रेमिटेन्स भित्रन नसक्ने केन्द्रीय बैकको अनुमान छ । “गत वर्ष १६ दशमलव ५ प्रतिशतले रेमिटेन्स आप्रवाह वृद्धि भएको थियो, यो वर्ष हामीले सामान्य ५ प्रतिशत बढेर ९ खरबको हाराहारीमा पुग्ने अनुमान गरेका थियौ,” उनले भने, “तर, कोरोना महामारीले श्रम बजारलाइृ प्रभावित पारेका कारण रेमिटेन्स आय पनि घट्ने देखिएको छ ।”

भिडियो कन्फ्रेसमा बोल्दै केन्द्रीय बैकको प्रवक्ता भट्टले बहुपक्षीय साझेदारसँग ऋण सहयोग भरपुर प्रयोग गर्नुपर्ने बताए । यति बेला विश्व बैक, एसियाली विकास बैक जस्ता संस्थाबाट सहयोग लिन सकिने उनले बताए । “सामान्य अवस्थामा त हामी आईएमएफ जस्तो संस्थासँग सहयोग लिँदैनौ । तर, यति बेला आईएमएफले नै सरकारको बजेटरी सपोर्टमा प्रयोग गर्न सकिने भन्ने सर्तमा सहयोग गर्न सक्ने भनेको छ । त्यसैले त्यस्तो सहयोगलाई पनि सरकारको साधन परिचालनमा प्रयोग गर्न सकिन्छ,” उनले भने । त्यस्तै, एआईविको सहयोगलाई पनि परिचालन गर्न सकिने उनले बताए ।

सङ्क्रमणका कारण नेपालको आर्थिक अवस्था पनि प्रभावित हुन्छ । त्यसैले यस्तो जोखिमलाई कम गर्न हामीले हाम्रा प्राथमिकताको निर्धारण गर्नुपर्ने राष्ट्र बैकका प्रवक्ता भट्टले बताए । नेपालको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको २७ प्रतिशत योगदान हुन्छ । यद्यपि हामीले बर्सेनि १ खर्व बराबरको आधारभूत कृषि जन्य बस्तुको आयात गरी रहेका छौ । तर, हामीले चाहियो भने यो आयातलाई व्यवस्थापन गर्न सक्छौ । “खुल्ला अर्थतन्त्रमा प्रतिस्थापन गर्न गारो हुन्छ । तर, आधारभूत कृषि जन्य सामाग्रीमा आत्मनिर्भर हुन सकिन्छ,” उनले भने । यसबाट पनि बर्सेनि १ खर्व बराबरको व्यापार घाटा कम गर्न सकिने उनले बताए । यसै गरी जलविद्युत परियोजनाबाट पेट्रोलियम पदार्थको आयातमा कम गरी व्यापार घाटा कम गर्न सकिने उनले बताए ।

नेपाल राष्ट्र बैकले बहुक्षिय सस्थाहरुबाट कर्जा लिएर निजी क्षेत्रलाई सहुलियत पूर्ण कर्जा दिनु राम्रो विकल्प हुन सक्ने केन्द्रीय बैकका प्रवक्ता भट्टले बताए । सहयोगी संस्थाहरू पनि यस विषयमा सकारात्मक रहेको उनले बताए । यसले निजी क्षेत्रलाई उत्पादनको वातावरण सृजना हुने उनले दाबी गरे । कन्फेन्मा बोल्दै प्रवक्ता भट्टले पछिल्लो समयमा बैकिक क्षेत्रको ब्याजदर स्थायित्व रहेको बताए । “अर्थतन्त्रमा स्थिर ब्याजदर महत्त्वपूर्ण हो । पछिल्लो एक वर्षमा ब्याज स्थिर अवस्थामा छ । अर्थतन्त्रमा ब्याजदर स्थायित्व काय गर्न सक्यौ भने त्यसले उद्योगी व्यापारी मात्रै नभएर निक्षेपकर्तालाई पनि सुनिश्चितता दिन्छ । बचत गर्नेलाई प्रोत्साहित गर्छ,” उनले भने ।

संक्रमण कारण भुक्तानी सन्तुलनमा चुनौती ल्याउने भट्टले बताए । उनका अनुसार सङ्क्रमणले सबैभन्दा बढी रेमिटेन्स, पर्यटन, वैदेशिक लगानी, वैदेशिक सञ्चितबाट प्राप्त हुने आम्दानी प्रभावित हुन्छ । अहिले वैदेशिक रोजगारी अफ्ठयारो अवस्थामा रहेको भएपपिन आगामी दिनमा विश्वका विभिन्न मुलुकमा नेपाली कामदारको थप माग हुने समेत उनले बताए । अवस्था सामान्य भएपछि कामदारको माग हुन्छ । तर त्यति बेला हामीले तालिम प्राप्त कामदारलाई उच्च पारिश्रमिकका साथ गन्त्बय मुलुकमा पठाउन सक्छौ ।

कोरोना सङ्क्रमणका कारण विभिन्न मुलुकमा नेपाली कामदार बिचल्लीमा परेको श्रम आप्रवास विज्ञ एवम् इक्वीडेम रिसर्च सेन्टरका दक्षिण एसिया निर्देशक रामेश्वर नेपालले बताए । श्रम सम्झौता भएका मुलुकहरूले समेत आप्रवासी कामदार र स्वदेशी कामदारमा विभेद गरेको उनले बताए । त्यसैले नेपाल सरकारले कूटनीतिक छलफल बढाउनु पर्ने बताए । “धेरै मुलुकले आफ्ना कामदार फिर्ता लैजान दबाब दिई रहेका छन् । यदि यही अवस्थामा नेपाल आफैले लगानी गरी कामदार फिर्ता ल्याउनु भनेका मुलुकको आर्थिक भार थपिनु हो । त्यसैले सरकारले कूटनीतिक तवरबाट नै छलफल चलाउनुपर्छ,” उनले भने ।

अहिलेको अवस्थामा बैदेशिक रोजगारीमा रहेका कामदार स्वास्थ्य र आर्थिक रुपमा जोखिममा रहेको आप्रवास विज्ञ नेपालले बताए । धेरै कामदार एउटै क्याम्पमा बस्नु पर्ने तथा रोजगारदाताले सुरक्षाका लागि अपनाउँनुपर्ने उपकरण प्रदान नगरेको कारण कामदारमा स्वास्थ जोखिम बढेको छ । त्यस्तै, कम्पनीहरु बन्द हुँदै जादा कामदारहरु वेरोजगार बन्दै गएको उनले बताए ।

इक्वीडेम रिसर्च सेन्टरले गरेको खाडीका ६ वटा मुलुकमा गरेको अध्ययनले कतिपय नेपाली कामदार बेतलवी विदामा रहन रोजगारदाताले दबाब दिएका छन् । केही कामदारले भुक्तानी पाए पनि अधिकाशं कामदारले पारिश्रमिक पाएका छैनन् । त्यसैले यतिबेला संक्रमणको अवस्था सामान्य भए पनि नेपाल फर्कन चाहने नेपाली कामदारको संख्या धेरै भएको उनले बताए । “यतिबेला सबै कामदारलाई फिर्ता गर्न सम्भव छैन । तर, अलपत्र र अप्ठेरोमा परेको कामदारलाई सरकारले उद्धार गर्नुपर्छ,” उनले भने । जसरी व्यवसायीलाई अनुदानमा ऋण दिई रहेको छ । त्यसैगरी यस्ता कामदारलाई पनि निब्याजी कर्जा दिएर मुलुक भित्र नै रहने सक्ने वातावरण बनाउँनु पर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू