अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५३ | Colorodo: 08:08

कोरोना संक्रमणबाट बेलायतमा फेरि अर्का नेपालीको मृत्यु

बिआरटीनेपाल २०७७ वैशाख ४ गते ६:२५ मा प्रकाशित

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा अर्का एकजना नेपालीको पनि मृत्यु भएको छ । लन्डनको हिलिङडनबरोको ‘वेस्टड्रेटन’ मा बस्दै आएका ८२ वर्षीय हरिमान तामाङको बुधबार साँझ कोरोनाको संक्रमणका कारण निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि ५ दिनअघि अस्पताल भर्ना भएका तामाङलाई कारोना ‘पोजिटिभ’ देखिएको थियो ।

धनकुटा हात्तिखर्क, माकलुंग घर भएका मृतक तामाङ श्रीमती, छोरी र ज्वाईंसँगै लण्डनमा बस्दै आउनुभएको थियो । तामाङ पूर्व गोर्खा सैनिक समेत हुनुहुन्छ । बुधबार नै कोरोनाको संक्रमणबाट अर्का ५८ वर्षीय पूर्वगोर्खा लक्ष्मण श्रेष्ठको मृत्यु भएको थियो । त्यस्तै बेलायतस्थित ननिटङमा बस्दै आएका ७८ वर्षीय हस्तावीर गुरुङको पनि बुधबार नै मृत्यु भएको छ । उनको मृत्यु कोरोनाको संक्रमणबाट भनिएपनि पुष्टि हुन भने बाँकी छ । बेलायतमा कोरोनाको संक्रमणबाट १२ जानभन्दा बढी भूपू गोर्खा को ज्यान गईसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू