अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१२ | Colorodo: 13:27

संकटको समयमा बिरामी रिसिभ गर्ने जिम्मा सेनालाई

बिआरटीनेपाल २०७६ चैत २३ गते २२:२० मा प्रकाशित

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिले संकटको समयमा बिरामीलाई रिसिभ गर्ने जिम्मा नेपाली सेनालाई दिने भएको छ। समितिको बैठकले आइतबार संकटको अवस्थामा बिरामी रिसिभ गर्ने टिम सेनाको जिम्मा लगाउने निर्णय गरेको हो।

बैठकले क्वारेन्टाइनमा राखी १४ दिन बिताएपछि स्वाब परीक्षण गरी त्यो नेगेटिभ आएपछिमात्र घर जान दिने निर्णय पनि गरेको छ। मुलुकभरका सबै क्वारेन्टाइनहरुले यसको पालना गर्नुपर्ने पनि बैठकपछि मन्त्रिपरिषद्का सचिचव नारायणप्रसाद बिडारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू