अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०० | Colorodo: 11:15

एसईई र कक्षा १२ को परीक्षा सँगै हुनसक्ने राष्ट्रिय परीक्षा बोर्डद्धारा जानकारी

बिआरटीनेपाल २०७६ चैत २३ गते ६:५८ मा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले एसईई र आगामी बैशाखमा हुने कक्षा १२ को परीक्षा सँगै गर्न सकिने जनाएको छ । कोभिड–१९ का कारण चैत ६ गतेबाट हुने एसईई रोकिएको छ । त्यसैगरी बोर्डको निर्धारित तालिकाअनुसार आगामी बैशाख ८ गतेबाट कक्षा १२ को परीक्षा हुनेछ। कक्षा ११ को परीक्षा तालिका बैशाख २१ गतेबाट गर्ने कार्यतालिका रहेको छ ।

लकडाउन खुलेपछि तत्कालै परीक्षा प्रक्रिया अघि बढ्ने उल्लेख गर्दै बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले एसईई परीक्षा बिहान र कक्षा १२ को परीक्षा दिउँसो सञ्चालन गर्न सकिने बताउनुभयो । यसो गर्दा एउटै परीक्षा केन्द्रमा एकसाथ दुवै परीक्षा सम्पन्न गर्न उहाँको भनाई छ ।

यस वर्ष ४ लाख ८२ हजार ७ सय ७ जनाले एसईई दिने तयारीमा छन् । देशभरिमा १ हजार ९ सय ९७ परीक्षा केन्द्र विस्तार गरिएका छन् । प्रश्नपत्र सबै केन्द्र नजिकको प्रहरी चौकीमा सुरक्षित गरी राखिएको छ ।

त्यसैगरी कक्षा १२ को सबै प्रश्नपत्र जनक शिक्षा सामग्री केन्द्रले छापिसकेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । लकडाउने खुलेलगत्तै सम्बन्धित परीक्षा केन्द्रमा प्रश्नपत्र पुर्याईने उहाँको भनाई छ । कक्षा ११ र १२ का गरी यसबर्ष ४ लाख ८० हजारभन्दा बढी परीक्षार्थी परिक्षामा सहभागी हुँदैछन् । परिक्षा प्रयोजनका लागि देशभर १ हजार १ सय परीक्षा केन्द्र तोकिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू