अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३० | Colorodo: 04:45

(कोभिड(१९) रोकथाम तथा नियन्त्रण कोषलाई आयल निगमको ५० करोड

बिआरटीनेपाल २०७६ चैत २० गते ७:४८ मा प्रकाशित

नेपाल आयल निगमले कोरोना भाइरस कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण कोषलाई ५० करोड रकम दिएको छ । बुधबार बसेको निगमको बैठकले उक्त रकम दिने निर्णय गरेको हो । बिहीबार सो रकम बराबरको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई हस्तान्तरण गरेको जनाएको छ ।

विपतको समयमा पनि सरकारलाई सहयोग गर्दै आएको निगमले कोरोनामा महामारीको विषम परिस्थितिमा पनि रोगको रोकथाम तथा उपचारका लागि कोषलाई सहयोग गरेको जनाएको छ । सबैलाई स्वेच्छिक सहयोग गर्नसमेत निगमले अपिल गरेको छ । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारी कोष खडा गरी स्वेच्छिक सहयोग गर्न आग्रह गरेको छ । उक्त कोषमा हालसम्म झण्डै ७५ करोड रुपैयाँ जम्मा भैसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू