अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४९ | Colorodo: 00:04

कोरोनाका कारण जुम्ल्याहा बच्चाको टाउको छुट्टयाउने विश्वविख्यात न्युरोसर्जन गुडरिचको निधन

बिआरटीनेपाल २०७६ चैत १८ गते ६:५६ मा प्रकाशित

विश्वविख्यात न्युरोसर्जन डाक्टर जेम्स डि गुडरिचको कोभिड–१९ सँग सम्बन्धित समस्याका कारण मृत्यु भएको छ । ‘डाक्टर गुडरिच हाम्रो संस्थाका सम्पत्ति थिए र हामी उनलाई साँच्चै मिस गर्नेछौं,’ मोन्टेफियोर मेडिसिनका सिइओ डाक्छर फिलिप ओ ओज्उवाले भनेका छन् , ‘ उनको अद्भूत क्षमता र विज्ञता उनको दयालु हृदय र व्यवहारसामुमात्रै दोस्रो थियो ।’

अस्पतालले गुडरिच निकै राम्रो व्यक्ति भएको बताएका छन् । ‘उनलाई प्रसिद्धीको रहर थिएन र आफ्ना कर्मचारी तथा साथीभाईका प्रिय थिए,’ अस्पतालले जनाएको छ । ‘जिम धेरै अर्थमा हाम्रो विभागका हृदय तथा आत्मा थिए, एक मास्टर सर्जन, विश्व स्तरका शिक्षादाता र सबै साथीभाईका प्रिय,’ मोन्टेफियोर अस्प्तालको अल्बर्ट आइन्स्टाइन कलेज अफ मेडिसिन सेन्टरका न्युरोसर्जरी विभागका अध्यक्ष डा इमाद इस्कन्दरले भनेका छन् ,‘उनको निधन हृदयविदार छ र हाम्रो सोचाईमा उनी सधैं रहनेछन् ।’

उनले टाउको र मस्तिस्क समेत जोडिएका जुम्ल्याहा बालबालिकालाई छुट्याएर सर्जरी जगतमा चमत्कार नै गरेका थिए । २००४ मा उनले फिलिपिन्सका कर्ल र क्लेरेन्स अगुइरी नामक ८ सेन्टिमिटर ब्रेन टिस्यू जोडिएका दुई जुम्ल्याहा बालिकालाई छुट्याएपछि उनी चर्चामा आएका थिए ।

२०१६ मा गुडरिचको नेतृत्वमा खटिएको ४० डाक्टरको टिमले २७ घण्टासम्मको अथम मेहिनतपछि मोन्डेफियोर मेडिकल सेन्टरमा एनियश र जाडोन नामका १३ महिने शिशुको टाउको छुट्याएको थियो । यो गुडरिचले टाउको छुट्याएको सातौं अवसर थियो र १९५२ देखिको विश्वकै ५९ औं कानिर्योपागस सेपरेशन सर्जरी । गुडरिच आफ्नो क्षमतासँगै कोमल हृदयका कारण पनि चर्चामा थिए । उनी आफुले अपरेशन गरिसकेका बिरामीसँग समेत सम्पर्कमा रहन्थे ।

उनले आफुले शल्यक्रिया गरेका बालबालिकाको जन्मदिन समेत याद गर्थे र सधैं विशेष अवसरमा उनीहरुलाई भेट्नें सक्दो सहयोग गर्थे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू