अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१४ | Colorodo: 11:29

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आईसोलेसनमा

बिआरटीनेपाल २०७६ चैत १७ गते २२:०५ मा प्रकाशित

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको आशंकामा आइसोलेसनमा बस्नुभएको छ । सल्लाहकार रिभ्का पाउकलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेतान्याहू पनि आइसोलेसन बस्नुभएको हो ।

स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार नेतान्याहूले स्वास्थ्य मन्त्रालयको दिशानिर्देशलाई पूर्णरूपमा पालना गर्नुहुनेछ । नेतान्याहू १४ दिनसम्म आइसोलेसनमा बस्न सक्ने बताइएको छ । पाउक गत साता संसद्मा नेतान्याहूसँगै उपस्थित हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू