अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२५ | Colorodo: 11:40

कोभिड–१९ बाट विश्वभर मृत्यु हुने मध्ये आधा भन्दा बढी इटाली र स्पेनका नागरिक

बिआरटीनेपाल २०७६ चैत १७ गते २२:०४ मा प्रकाशित

नोवेल कोरोना भाइरसको विश्वव्यापी महामारी अहिले इटाली, स्पेन र अमेरिका इपिसेन्टर बनेर तीव्र रुपमा फैलिरहेको छ ।विश्वभर संक्रमितको संख्या झण्डै ८ लाख पुगेको छ । अहिलेसम्म विश्वभर संक्रमितको संख्या सात लाख ८४ हजार ३८१ रहेको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा १९ हजार ९८८, स्पेनमा ७ हजार ८४६, जर्मनीमा चार हजार ४५०, फ्रान्समा चार हजार ३७६, इटालीमा चार हजार ५० तथा इरानमा तीन हजार १८६ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।

नोवेल कोरोना भाइरसका कारण हुने कोभिडि–१९ बाट अहिलेसम्म विश्वभर ३७ हजार ७८० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै स्पेनमा ९१३, इटालीमा ८१२, अमेरिकामा ५६५ र फ्रान्समा ४१८ जनाको मृत्यु भएको छ ।

विश्वभर मृत्यु भएका ३७ हजार बढी मध्ये आधा भन्दा बढी इटाली र स्पेनका मानिस हुन् । इटाली (११, ५९१) र स्पेन (७, ७१६) मा गरेर कुल १९ हजार ४३७ जनाको मृत्यु भएको छ। स्पेनमा पछिल्ला दिनमा मृत्यु हुनेका संख्या बढी रहेको छ । इटालीमा पनि मृत्यु हुनेको संख्या दैनिक ८ सय भन्दा बढी वा त्यसको हाराहारीमा छ ।

अमेरिका र इटालीमा संक्रमितको संख्या एक लाख भन्दा बढी पुगेको छ। अमेरिकामा सबैभन्दा धेरै एक लाख ६३ हजार ४७९ र इटालीमा एक लाख एक हजार ७३९ जनामा संक्रमण पुष्टि भएको छ ।यस्तै स्पेन र चीनमा ८० हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । स्पेनमा ८७ हजार ९५६ र चीनमा ८१ हजार ४७० जनामा संक्रमण भएको छ ।

यसैगरी जर्मनीमा ६६ हजार ८८५, फ्रान्समा ४४ हजार ५५०, इरानमा ४१ हजार ४९५ तथा बेलायतमा २२ हजार १४१ जनामा संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू