अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३४ | Colorodo: 17:49

कोरोनाका कारण भारतमा नेपाली भाषी महिलाको मृत्यु

बिआरटीनेपाल २०७६ चैत १७ गते ८:१० मा प्रकाशित

भारत पश्चिम बंगालको सिलिगुडीस्थित नर्थ बंगाल मेडिकल कलेजमा भर्ना भएकी एक जना नेपाली भाषी महिलाको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । उनी कालिम्पोङ निवासी हुन् । ४४ बर्षिया ती महिला केही समय अघि भारतको चेन्नइ गएकी र फर्केर आए लगत्तै कोरोना भाइरस सङ्क्रमणका लक्षणहरु देखा परेपछि नर्थ बंगाल मेडिकल कलेजमा भर्ना भएकी थिइन् ।

गत शनिबार प्राप्त उनको रिपोर्टमा कोरोना भाइरस कोभिड–१९ संक्रमण भएको उल्लेख गरिएको थियो । ती महिलाको मृत्यु भएपछि उनको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राख्ने प्रयास भइरहेको भारतीय सञ्चार माध्यम द हिन्दुले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू