अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४१ | Colorodo: 12:56

चीनबाट ल्याएको स्वास्थ्य सामाग्रीमा कुनै अनियमितता छैन– स्वास्थ्य मन्त्रालय

बिआरटीनेपाल २०७६ चैत १६ गते ७:२८ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा उपचारमा चाहिने उपकरण खरिदमा अनियमितता नभएको दावी गरेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सामान खरिदमा कुनै अनियमितता नभएको दाबी गर्नुभएको हो । यद्यपि खरिद केही महंगो परेको हुनसक्ने मन्त्रालयले स्वीकार गरेको छ ।

मन्त्रालयले एन ९५ मास्क, पर्सनल प्रोटेक्टिभ इक्युपेमन्ट (पीपीई) लगायतका उपकरणको पहिलो खेप आइतबार राति काठमाडौं ल्याएको छ । तर एन ९५ लगायतका मास्कको महंगो मूल्यमा किनिएको भन्दै सरकारको आलोचना भएको छ । अरु देशमा पनि सामानको अभाव रहेको भन्दै उहाँले केही महंगो भएको भएपनि समयमा नपाउँदा प्रभाव पर्ने भएकाले ढिलो नगरेको जिकिर गर्नुभयो ।

पत्रकार सम्मेलनमा मन्त्रालयले ज्वरोको विरामीलाई उपचार नगरी फर्काइएको प्रति ध्यानाकर्षण भएको भन्दै स्वास्थ्य उपचारका लागी निजी तथा सरकारी अस्प्ताल एक हुनुपर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू