अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०२ | Colorodo: 02:17

अस्ट्रेलियामा ६ जना नेपालीमा कोरोना संक्रमण

बिआरटीनेपाल २०७६ चैत १५ गते १०:१२ मा प्रकाशित

अस्ट्रेलिया, अस्ट्रेलियामा जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सिड्नीमा ४ जना र मेलबर्नमा २ जनालाई कोरोना भाइरस संक्रमण भएको छ ।

५.२३ मिलियन जनसंख्या रहेको सिड्नीमा १ जना नर्सिङ होममा काम गर्ने सहायक नर्स र ३ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको र उनीहरू अहिले आइसोलेसनमा रहेका जनाइएको छ भने ग्रान्भिल सहरमा बस्ने १ जनामा कोरोना देखिएपछि सँगै बस्ने अन्य २ जनामा पनि देखिएको बताइएको छ । त्यस्तै, मेलबर्न सहरमा पनि एकै परिवारका तिन जनाको कोरोना परीक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी रहेको छ । अस्ट्रेलियामा अहिले सम्म १४ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ भने ३ हजार ६३५ लाई संक्रमण लागेको छ । अस्ट्रेलियामा करिब ६० हजार नेपाली विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू