अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१३ | Colorodo: 22:28

कोरोनाभाइरससँग लड्न नेपाललाई १८ लाख डलर सहयोग गर्ने अमेरिकाको घोषणा

बिआरटीनेपाल २०७६ चैत १५ गते ८:०९ मा प्रकाशित

कोरोनाभाइरसको महामारीसँग लड्नका लागि अमेरिकाले नेपाललाई १८ लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । अमेरिकाले शुक्रबार ६४ देशलाई १७.४ करोड डलर सहयोग गर्ने घोषणा गरेको थियो । जसमा नेपालले पनि सहयोग पाउन लागेको हो । गत फेब्रुअरीमा अमेरिकाले १० करोड डलर सहयोगको घोषणा गरेको थियो । नयाँ सहयोग रकम महामारीको जोखिमममा रहेका विश्वका ६४ राष्ट्रका लागि घोषणा गरिएको हो ।

युनाइटेड स्टेट एजेन्सी फर इन्टरनेसनल डेभलप्मेन्ट ९यूएसएआइडी०का सहायक प्रशासक बोनी ग्लीकले पत्रकारसँगको साक्षात्कारमा अमेरिका दशकौँदेखि जनस्वास्थ्यको मामिलामा सबैभन्दा अग्रणी द्विपक्षीय सहयोगी रहँदै आएको उल्लेख गर्दै अमेरिकाले रोगको जोखिममा रहेका मानिसहरुको रक्षा गर्नुका साथै उनीहरुको ज्यान जोगाएको उल्लेख गर्नुभएको छ ।

अमेरिकाले सम्भावित महामारीको पहिचान गर्न र त्यससँग लड्न तयारी गर्न दक्षिण एसियामा १० लाख डलर सहयोग पनि गर्नेछ । नेपालसँगै अमेरिकाले भारतलाई २९ लाख डलर, बंगलादेशलाई ३४ लाख डलर, श्रीलंकालाई १३ लाख डलर र अफगानिस्तानलाई ५० लाख डलर सहयोग गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू