अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३१ | Colorodo: 17:46

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि अस्पताल भर्ना

बिआरटीनेपाल २०७६ चैत १३ गते २२:३१ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना हुनुभएको छ । बिहीबार राती ११ बजे प्रधानमन्त्री ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ ।

ओलीको स्वास्थ्यस्थिति के कस्तो छ भन्ने बारे उहाँको सचिवालय र अस्पताल स्रोतले केही खुलाएको छैन् । यद्यपि, उहाँको मुटुको चालमा गडबडी भएको बताईएको छ । ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनमा बालुवाटार फर्किनुभएको थियो ।

उहाँलाई डिस्चार्ज गर्ने समयमा चिकित्सकले प्रधानमन्त्री अझै पनि संक्रमणको जोखिममा रहेको भन्दै कडा सावधानी अपनाउन सुझाएका थिए । तर बालुवाटार फर्किएलगतै प्रधानमन्त्री ओलीले राजनितिक भेटघाटलाई तीव्रता दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू