अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२९ | Colorodo: 14:44

कोरोना प्रकोप– भारत सरकारले ८० करोड नागरिकलाई तीन महिनासम्म निशुल्क दालचामल दिने

बिआरटीनेपाल २०७६ चैत १३ गते ५:४५ मा प्रकाशित

भारत सरकारले प्रधानमन्त्री गरीब कल्याण योजनाअन्तर्गत भारतका ८० करोड बासिन्दालाई आगामी तीन महिनासम्म निशुल्क चामल, गहुँ र दाल दिने भएको छ। पाँच किलो चामल वा गहुँमध्ये एक र एक किलो दाल भारत सरकारले तीन महिनासम्म निशुल्क दिने भएको हो।

त्यस्तै, भारत सरकारले ८ करोड ६९ लाख किसानका लागि अप्रिल पहिलो हप्ता दुई हजार रुपैयाँ दिने घोषणा पनि गरेको छ। बढ्दो संक्रमणका कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तीन सातासम्म लकडाउनको घोषणा गर्नुभएको छ । भारतमा अहिलेसम्म कोरोना संक्रमणका ६ सय ८० बिरामी भेटिइसकेका छन् भने १३ जनाको ज्यान गइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू