अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३७ | Colorodo: 08:52

बेलायती राजकुमार चार्ल्स लाई कोरोना पोजिटिभ

बिआरटीनेपाल २०७६ चैत १२ गते ८:१७ मा प्रकाशित

बेलायतका राजकुमार चार्ल्स लाई कोरोना भाइरस पोजिटिभ देखिएको छ । कोभिड–१९ को परीक्षणका क्रममा उहाँमा पोजिटिभ देखिएको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ । कोरोना भाइरसको परीक्षणमा पोजिटिभ देखिएपछि उहाँ अब स्कटल्यान्डमा एकान्तवास (आइसोलेसन) मा रहेको खबर छ ।

यस सम्बन्धि जानकारी दिँदै क्लारेन्स हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रिन्स अफ वेल्सको कोरोनाभाइरस परीक्षण सकारात्मक देखिएको छ । उहाँमा हल्का लक्षणहरू पाइएको तर अरु स्वास्थ्य भने राम्रो रहेको छ । र पछिल्ला केही दिन घरबाटै सधै जस्तै काम गरिरहनुभएको छ ।’

यसैगरी डचेस अफ कोर्नवालले पनि परीक्षण गराएकोमा उहाँमा भने नेगेटिभ देखिएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘डचेस अफ कार्नवालको पनि परीक्षण गरिएको छ तर उहाँमा भाइरस पाइएको छैन । सरकार र चिकित्सकीय सल्लाहमा राजकुमार र डचेस अहिले स्कटल्याण्डको आफ्नै घरमा एकान्तवासमा रहनुभएको छ ।’

हालै हप्ताहरुमा गरिएका धेरै सार्वजनिक कार्यक्रमका कारण चाल्र्समा भाइरस कसरी सर्यो भन्न नसकिने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू